add

महाधिवेशनमा केन्द्रित हुँदै राप्रपा






ActPro Nepal

|

१३ असोज, २०७७

|
722

काठमाडौं । पार्टी एकतापश्चात राष्ट्रिय प्रजातन्त्र पार्टी महाधिवेशन केन्द्रित भएको छ। 

आगामी २५-२८ वैशाखमा महाधिवेशन तय गरेको राप्रपाले यसपटक सक्रिय सदस्यताको आधारमा प्रतिनिधि छनौट गर्ने जनाएको छ। महाधिवेशनमा गाउँ पालिका, नगर, प्रदेश सभा क्षेत्र,संघिय क्षेत्र र जिल्ला अध्यक्षहरु स्वत: प्रतिनिधि हुनेछन्। 

प्रत्येक प्रदेश सभा क्षेत्रीय कार्य समितिबाट ८ जना प्रतिनिधि छनौट गर्ने तयारी छ। महिला,जनजाति, उत्पीडित, थारु र पिछडिएको वर्गबाट पनि प्रतिनिधित्व सुनिश्‍चित गराइएको राप्रपाले जनाएको छ। महाधिवेशन प्रतिनिधि बन्नको लागि गाउँपालिका, नगरपालिका , उपमहानगरपालिका र महानगरपालिकामा क्रमशः ५१, १०१, २०१ र ३०१ न्युनतम सक्रिय सदस्य संख्या निर्धारण गरिएको छ। 

पार्टी अध्यक्षत्रयको उपस्थितिमा हिजो महाधिवेशन केन्द्रित विशेष कार्ययोजना तयार पारिएको छ। तल्लो तहसम्मको संगठन निर्माण अहिलेको प्रमुख आवश्‍यकतासहित संगठन सुदृढीकरण अभियानलाई देशव्यापी बनाउनुपर्नेमा जोड दिइएको केन्द्रीय सचिवालय सदस्य राजाराम बर्तौलाले जानकारी दिए।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.