add

आज मिती २०७७ साल असोज १२ गते सोमबार , तपाइँको आजको राशिफल कस्तो छ ?






ActPro Nepal

|

१२ असोज, २०७७

|
747

आजको पञ्चाङ्ग
वि.सं.२०७७ साल असोज १२ गते । सोमबार । ईश्वी सन् २०२० सेप्टेम्बर २८ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४२ । अधिक आश्विन शुक्लपक्ष । तिथि–द्वादशी,३९ घडी ३५ पला,बेलुकी ०९ बजेर ४५ मिनेट उप्रान्त त्रयोदशी । नक्षत्र–धनिष्ठा,४६ घडी २३ पला,रातको १२ बजेर २८ मिनेट उप्रान्त शतभिषा । योग–धृति,४० घडी ३१ पला,बेलुकी १० बजेर ०८ मिनेट उप्रान्त शूल । करण– बव,बिहान ०९ बजेर ३४ मिनेट उप्रान्त बालव,बेलुकी ०९ बजेर ४५ मिनेट उप्रान्त कौलव । आनन्दादिमा–शुभ योग । चन्द्रराशि–मकर,बिहान ११ बजेर ५६ मिनेट उप्रान्त कुम्भ । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ५५ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ५१ मिनेट । दिनमान ३० घडी ५० पला । धनिष्ठा पञ्चक आरम्भ । रेबिज बिरुद्धको दिवस ।

आजको राशिफल

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) पशुपालन तथा कृषि क्षेत्रबाट भनेजस्तो लाभ लिन सकिनेछ । पढाइ लेखाइमा प्रगति हुनेछ भने बौद्धिक प्रतिस्पर्धामा तपाईँको नाम अग्र स्थानमा आउनेछ । ठूलाबडाको सहयोगले रोकिएको कामहरु बन्नसक्छ । आत्मबल बढ्नेछ भने शत्रुहरू पराजित हुनेछन् । मातापिता र अभिभावकको आशीर्वाद प्राप्त हुनेछ । समाजसेवाका कामबाट लाभ हुनेछ । प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत आम्दानि बढाउन सकिनेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) बिहानको समय राम्रो रहेकोले अध्ययनमा मन जाने हुनाले नतिजा आफैतिर ल्याउन सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जाने तथा आम्दानी हुनेछ । मध्यान्हबाट गलत चिन्तन तथा सोचाईलो कार्य क्षेत्रमा समस्या पैदा हुनेछ । अरुकै लागि रुपैया पैसा खर्चनु पर्नेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय मध्ययम रहेकोछ भने पारिवारिक सम्बन्धमा केहि खटपट आउनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) बिशिष्ट तथा उच्च पदस्थ व्यात्तिहरुको संगतले आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सफल होईनेछ । तपाईको बौद्धिक क्षमतालाई सबैले सम्मान गर्ने तथा अरुलाई सजिलै प्रभावमा पारेर काम लिन सकिनेछ । अध्ययन तथा अनुशन्धानमा समय दिनेहरुले सफलताका सिडिहरु चुम्नेछन् । धार्मिक अनुष्ठान तथा मन्दिरतिरको यात्रा तय गरि टिका तथा प्रशाद ग्रहण गर्ने अवसर जुर्नेछ । पे्रम प्रशङगमा रमाउन चाहनेहरुका लागि दिन उत्तम रहेकोछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) बिहानको समय राम्रो रहेकोले पारिवार तथा आफन्तका साथ भेटघाट हुने तथा मिष्टान्न भोजनमा साथ दिन कटाउन सकिनेछ । भौतिक सम्पति तथा मानव निर्मित बस्तुहरु हात लाग्नेछ । व्यापारमा थोरै समय दिदा पनि प्रशस्त नाफा हुने योग रहेकोछ । मध्यान्हबाट समय मध्ययम रहेकोले खानपान तथा मौसमको ख्याल गर्नुहोला स्वास्थ्य सम्बन्धि समस्या आउन सक्ने तथा उपचार खर्च बढेर जाने देखिन्छ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) बिहानको समय राम्रो रहेकोले अध्ययनमा मन जानेछ । दैनिक उपभोग्य बस्तुको व्यापार फस्टाएर जानेछ । मामा तथा आफन्तको सहयोग पाईने हुनाले काम गर्न सहज हुनेछ । मध्यान्हबाट रमाईलो यात्रा गर्न सकिने भए पनि यात्राका क्रममा बाधा तथा अवरोधहरुको सामना गर्नु पर्नेछ । आथिक रुपमा कमजोर हुने तथा अरुको हेपाईमा परिनेछ । नोकरिमा अप्ठ्यारो परिस्थितिको सामना गर्नुपदा तनाब बड्नेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) बिहानको समय राम्रो रहेकोले पढाई लेखाईमा राम्रो अंक ल्याई नतिजा हात पार्न सकिनेछ । उपाहार तथा भौतिक सम्पति हात लागि हुने योग रहेकोछ । मध्यान्हबाट कुनै मुद्दा मामिलामा सहभागि नहुँनु होला न्यायिक निर्णयहरु आज तपाईको पक्षमा नहुँन सक्छ । आफन्त तथा मामा मावली पक्षसँग मनमुटब बढ्ने योग रहेकोछ । वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) बौद्धिक व्याक्तित्वहरु सामु तपाईले प्रस्तुत गर्नुभएको खरो प्रश्तुतिले सबैको मन जित्नेछ । पढाइ लेखाइमा अरुभन्दा एक कदम अगि बढि नतिजा आफैतिर ल्याउन सकिनेछ । भौतिक तथा मानव निर्मित स्रोत साधनको प्राप्तिको योग रहेकोछ । सन्तान तथा छोराछोरिको प्रगतिमा मन रमाउनेछ । बित्तिय क्षेत्रसँग सम्बन्धीत व्यावसाय फस्टाएर जानेछ भने अन्य व्यावसायमा नाँफा कमाउन सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) बिहानको समय राम्रो रहेकोले दाजुभाई तथा आफन्तको सहयोगले नयाँ कामको थालनी गर्न सकिनेछ । अध्ययन तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई किनारा लगाउदै नतिजा हात पार्न सकिनेछ । समयले साथ दिने हुनाले सानो सानो लगानीबाट आम्दानी गर्न सकिनेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले फाईदाका लागी पछि लाग्दा धनमाल गुम्न सक्छ ध्यान दिनुहोला । सवारी साधन तथा विलाशी बस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) बिहानको समय राम्रो रहेकोले सानो लगानीबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । पारिवारिक माहोलमा जमघट भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले यात्रा गर्दा ध्यान दिनुहोला कष्टकर नहोला भन्न सकिन्न । आफन्त तथा दाजुभाईसँग मनमुटाब सिर्जना हुनेछ । प्रेममा अबिश्वास बढ्ने योग रहेकोछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) रमाईलो यात्रा गर्ने अवसर जुर्ने तथा यात्राका क्रममा साथिभाईका साथमा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । अध्ययनमा मन जानेछ भने नतिजा आफैतिर ल्याउन सकिनेछ । बोलिको प्रभाव बढ्ने हुँदा बोलेकै भरमा कामहरु सम्पादन हुनेछन् । खाद्यान्न,पानि तथा औषधिजन्य व्यापार व्यावसाय फस्टाएर जानेछ भने अन्य व्यावसायमा मन्दि आउनेछ । तरपनि खानपान तथा सरसफाईमा ध्यान दिनुहोला ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) समय राम्रो रहेकोले हाँसखेल तथा पारिवारिक माहोलामा दिन व्यातित हुनेछ । अध्ययन–अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाईनेछ । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले आर्थिक पक्ष सुदृढ हुनेछ । कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ । सामाजिक काम गरि पद पाईने योग रहेकोछ । बिहानको समयमा यात्रा हुनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) बिहानको समय राम्रो रहेकोले निर्माण सामाग्रीहरुको व्यापारमा बृद्धि हुने तथा प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत मनग्गे धन आर्जन गर्न सकिनेछ । अध्ययनमा मन जानेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले प्रेममा मनमुटाब सिर्जना नहोला भन्न सकिन्न । काम वा अध्ययनको शिलशिलामा विदेशी भूमिमा हुनुहुन्छ भने सरसफाईमा विशेष ध्यान दिनुहोला ।

तपाईँको दिन शुभ रहोस् ।
ज्यो.डिपी उपाध्याय ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.