ललितपुर । ललितपुर महानगरका स्वास्थ्यकर्मीहरुका लागि हाेम नेट नेपालले व्यक्तिगत सुरक्षा उपकरण (PPE) सेट उपलब्ध गराएको छ । अग्रभागमा खटिएर काम गर्ने स्वास्थ्यकर्मीहरुकाे सुरक्षाको लागि हाेमनेटले उक्त पिपिई सेट उपलब्ध गराएकाे हाे । हाेमनेटले आज आइतवार महानगरपालिकालाई ३३० थान पिपिइ सेट उपलब्ध गराएकाे हाे। हाेमनेटका कार्यकारी निर्देशक ओम थपलियाले उक्त पिपिई सेट ललितपुर महानगरपालिकाकी उपप्रमुख गीता सत्याललाई हस्तान्तरण गरेका हुन् ।
पिपिई सेट बुझ्दै महानगर उपप्रमुख गीता सत्यालले महानगरका स्वास्थकर्मीहरु, अग्रभागमा खटिने कर्मचारीहरुकाे सुरक्षा र आवश्यकतालाई महसुस गरेर हाेमनेटले अग्रभागमा खटिइने स्वास्थकर्मीहरुका लागि पिपिई सेट उपलब्ध गराएकोमा धन्यवाद व्यक्त गरिन् । उपप्रमुख सत्यालले भनिन्, 'काेराेना भाइरसले सबै मानिसलाई मानसिक रुपमा पनि त्रसित र ग्रसित बनाएकाे छ। स्वास्थकर्मीहरुका लागि अत्यन्तै चुनाैतीपूर्ण समय छ। तसर्थ सुरक्षाका उपायहरु अवलम्बन गरेर सेवाग्राहीहरुलाई सेवा प्रदान गर्नुपर्ने अवस्थामा हाेमनेटले स्वास्थ सुरक्षाका सामाग्री प्रदान गरेर महत्त्वपूर्ण याेगदान पुर्याएकाे छ।'
पिपिइ सेट हस्तान्तरण गर्दै हाेमनेटका कार्यकारी निर्देशक ओम थपलियाले आगामी दिनहरुमा पनि ललितपुर महानगरपालिकासंगकाे सहकार्यमा काेराेना भाइरस (काेविड १९) संक्रमणबाट जाेगिन र जाेगाउनका लागि हुने आपतकालीन प्रतिकार्य र राहातका कामहरु गर्ने वताए । थपलियाले भने, 'काेराेना भाइरसकाे जाेखिमबाट सुरक्षित रहनका लागि स्थानीय सरकारकाे रुपमा रहेकाे ललितपुर महानगरपालिकाले गर्ने हरेक कार्यहरुमा हाेमनेटले सहयाेग र सहकार्य गर्नेछ।'
हाेमनेट नेपालले महानगरलाई उपलब्ध गराएकाे स्वास्थ्य सामाग्री बुझ्ने कार्यक्रममा ललितपुर महानगरपालिकाका सामान्य प्रशासन महाशाखा प्रमुख श्रीभद्र ओझा, जिन्सी शाखा प्रमुख सागर थापा, जनस्वास्थ्य शाखा प्रमुख सरिता महर्जनलगायतका कर्मचारीहरुकाे उपस्थिति रहेको छ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।