add

एक महिनामै बैंक तथा वित्तिय संस्थाका ४८ शाखा थपिए, कति पुग्यो वित्तिय पहुँच ?






ActPro Nepal

|

११ असोज, २०७७

|
1094

काठमाडौं ।  नेपाल राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाको शाखा संख्या विगत चार वर्षको अवधिमा दोब्बर वृद्धि भएको छ ।

नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार, २०७७ साउन मसान्तसम्म वाणिज्य बैंकको संख्या २७, विकास बैंकको संख्या २०, वित्त कम्पनीको संख्या २१, लघुवित्त वित्तीय संस्थाको संख्या ८४ र पूर्वाधार विकास बैंकको संख्या १ रहेको छ ।

बैंक तथा वित्तीय संस्थाको शाखा संख्या ९ हजार ८ सय १३ वटा पुगेको छ । गत असारसम्म शाखा संख्या ८ हजार ६ सय ८६ रहेको थियो । २०७३ असारमा यो संख्या ४ हजार २७४ मा सीमित थियो ।

साउन मसान्नसम्म वाणिज्य बैंकको शाखासंख्या ४४९० रहेको छ । विकास बैंकको १००९, वित्त कम्पनीको २४४ र लघुवित्त वित्तीय संस्थाको ४०७० शाखा रहेका छन् ।

यो अवधीमा बाणिज्य बैंकहरुले ५४ वटा शाखा थपेर ४ हजार ४ सय ९० वटा शाखा पुर्याएका छन् । 

विकास बैंकहरुको शाखा संख्या भने २० वटाले घटेर एक हजार ९ वटामा सिमिति भएका छन् । वित्त कम्पनीहरुको शाखा संख्या एउटा थपिएर २ सय ४४ वटा पुगेको छ । 

लघुवित्त कम्पनीहरुको शाखा संख्या भने ४ हजार ५७ वटाबाट बढेर ४ हजार ७० वटा पुगेको छ । 

मर्जर तथा एक्विजिसनको लहर चलिरहेका बेला साउन मसान्तसम्ममा १५३ कायम भएको छ । जस अनुसार २७ वाणिज्य बैंक, २० विकास बैंक, २१ वित्त कम्पनी, ८४ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक पर्छन् । 

राष्ट्र बैंकका अनुसार वित्तीय स्थायित्व सुदृढीकरण गर्ने उद्देश्य अनुसार गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धी प्रक्रिया शुरु गरेपछि २०७७ साउन मसान्तसम्म कुल १९८ बैंक तथा वित्तीय संस्थाहरु मर्जर÷प्राप्ति प्रक्रियामा सामेल भएका छन् । 

यसमध्ये १५१ संस्थाहरुको इजाजत खारेज हुन गई ४७ संस्था कायम भएका छन् । हालसम्म ७५३ मध्ये ७ सय ४७ वटा स्थानीय तहमा बाणिज्य बैंकका शाखा पुगेका छन् ।  

साउन मसान्त अवधीसम्ममा सहुलियत दरमा प्रदान गरिने पुनरकर्जा ३ अर्ब २२ करोड लगानी गरेको छ । सो अवधीसम्ममा ३२ हजार ४ सय ५५ ऋणीलाई सहुलियतपूर्ण कर्जा प्रवाह भएको छ । जसमध्ये ५९ अर्ब ५६ करोड कर्जा बक्यौता रहेको छ । 

यसमध्ये कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा अन्तर्गत २४ हजार ७ सय ६४ ऋणीलाई ५४ अर्ब ११ करोड कर्जा रहेको छ भने सहुलियतपूर्ण कर्जाका अन्य शीर्षक अन्तर्गत ७ हजार ६ सय ९१ ऋणीको ५ अर्ब ४५ करोड कर्जा बक्यौता रहेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.