add

नबिल बैंकद्वारा नबिल ग्रिन पिन सेवा सुभारम्भ , कसरी गर्ने






ActPro Nepal

|

९ असोज, २०७७

|
787

काठमाडौं । नबिल बैंकले नबिल ग्रिन पिन सेवाको सुरुवात गरेको छ । 

बैंकले आफ्ना डेबिट, क्रेडिट, तथा प्रिपेड कार्ड प्रयोगकर्ताहरुलाई सहज र सुरक्षित रुपमा बैंकको कुनै पनि एटिएमबाट कार्डको पिन सेट अथवा रिसेट गर्ने सुबिधा प्रधान गर्न उक्त सेवाको शुरु गरेको हो ।

बैंकले ग्रिन पिन सेवा मार्फत आफ्ना नयाँ ग्राहकलाई नयाँ पिन सेट गर्न र पूराना ग्राहकलाई बिर्सिएको पिन स्वयमले रिसेट गर्ने सुबिधा प्रधान गरेको छ ।

‘अब हाम्रा ग्राहक महानुभावहरुले बैंकद्वारा जारी गरिएको कुनै पनि कार्डको पिन सेट गर्नु परेमा वा पिन बिर्सनुभए बैंक शाखामा आएर पिन रिसेटका निम्ति आवेदन दिईरहनु पर्दैन । अब ग्राहक महानुभावहरुले नजिकैको नबिल बैंकको एटिएमबाट सहजै आफैले पिन रिसेट गर्न सक्नुहुनेछ ।’, बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले भने ।

कसरी गर्ने ?

ग्रिन पिन मार्फत पिन सेट अथवा रिसेट गर्न ग्राहकले नजिकैको नबिल बैंकको एटिएममा गई कार्ड मसिनमा राखेर जेनरेट ओटीपी फर पीन मेनु छान्नु पर्नेछ ।

त्यस पश्चात ग्राहकले बैंकमा दर्ता गरेको मोबाइल नम्बरमा २४ घण्टाको म्याद रहेको ओटीपी प्राप्त हुनेछ । त्यस पश्चात ग्राहकले ‘इन्टर ओटीपी टु चेञ्ज योर पिन’ मेनु छनौट गरि प्राप्त भएको ओटीपी राखेर पिन सेट अथवा रिसेट गर्न सक्नेछन् ।

बैंकका प्रमुख कार्यकारी अधिकृत शाहले ग्रिन पिन सेवा मार्फत बैंकले पिन प्रिन्ट गर्न प्रयोग हुने कागजको र पिनलाई प्याक गर्न प्रयोग हुने प्लास्टिकको उपभोग घटाउँदै वातावरण मैत्री सेवाको सुभारम्भ गरेको बताएका छन् ।

विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ महामारीको समयमा यसरी जुनसुकै स्थान र समयमा पिन सेट तथा रिसेट गर्न सकिने सुविधाले ग्राहकलाई सुरक्षित र सहज सेवा प्राप्त हुने भन्ने बैंकको अपेक्षा छ । नबिल बैंकका देश भरी ११९ शाखाहरु र १८५ एटिएम काउण्टरहरु रहेका छन् ।

नबिल बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा नविनतम् सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेलेको छ । देशको पहिलो डिजिटल बैंक बन्ने उद्देश्यले हालै नबिल बैंकले नबिल डिजी बैंकको स्थापना गरेको हो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.