add

ओप्पो एफ १७ प्रो आइतबार सार्वजनिक हुने , के-के छन् फिचर्स ?






ActPro Nepal

|

८ असोज, २०७७

|
1073

काठमाडौं । ओपोले आफ्नो नयाँ स्मार्टफोन ओपो एफ१७ प्रो असोज ११ गते आइतबार सामाजिक सञ्जाल (फेसबुक र यूट्यूब) मार्फत नेपालमा सार्वजनिक गर्ने भएके छ ।

सामाजिक सञ्जालबाट लाइभ गरिने सो कार्यक्रममा ओपोका ब्राण्ड फ्रेन्ड तथा नायिका स्वस्तिमा खड्का, नायक अनुप बिक्रम शाही, नायिका तथा मोडल अलिशा राई र फोटोग्राफर तथा चलचित्र निर्माता सन्जोग राई लगायतको उपस्थिती रहने कम्पनीले बताएको छ ।

एफ सिरिजको यो नयाँ संस्करण एफ१७ प्रो ६ ओटा एआई पोट्रेट क्यामेरा, ३०वाट फ्ल्याश चार्ज ४.०का साथमा अल्ट्रा स्लिक बडी, फेशनेवल मिनी डुअल पञ्च होल डिस्प्ले र नवप्रबर्तनात्मक शाइनी म्याट कलर्स लगायत फिचर्सका साथमा आउने छ ।

नयाँ फोनमा ६ ओटा पोट्रेट क्यामेरा जडान गरिएका छन् । यसले प्रयोगकर्ताका सेल्फी, फोटो तथा भिडियोलाई उच्च गुणस्तरिय बनाउने तथा यसको एआई पावर्ड प्रोफेशनल शट्सले सबैलाई आकर्षित बनाउनुका साथै फेशनेवल प्रविधिले प्रयोगकर्तालाई अत्यधिक सहजता पनि दिने कम्पनीले बताएको छ ।

ओपो एफ१७ प्रोमा अल्ट्रा स्लिक बडीका साथमा अल्ट्रा स्लिक डिजाइन अपनाइएको छ । फेशनेवल मिनी डुअल पञ्च होल डिस्प्लेका साथमा आउने यो फोनको मोटाई जम्मा ७.४८ ग्राम सहितको ओपो एफ१७ प्रोको वजन १६४ ग्राम रहेको छ ।

२२० डिग्री राउण्डेड एड्ज सहितको यो फोनमा राउन्डेड एड्ज डिजाइनको प्रयोग गरिएको छ ।

फोनको डिस्प्ले २०ः९ रेसियोमा सेट गरिएको छ । यसले गर्दा समाचार हेर्दा, ब्राउजिङ तथा पढ्दा सहजै एक हातको प्रयोग मार्फत गर्न सकिन्छ । ६.४३ ईञ्चको फुल एचडी, सुपर एमोलेड स्क्रिनमा मिनी डुअल पञ्च होल्स रहेको यो फोनमा ९०.७% स्क्रिन टू बडी रेसियो छ ।

यसमा रहेको ४००० एमएएच ब्याट्री मात्र ३० मिनेटको समयमा ७४% चार्ज हुन्छ । त्यसैगरी, यो प्रविधिले अब ५ मिनेट चार्ज गर्दा उपभोक्तालाई ४ घण्टा सम्मको टक टाइमपनि उपलब्ध गराउँछ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.