काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला कोरोना भाइरस संक्रमणमुक्त भएका छन् ।
उनका स्वकीय सचिव भरत तिवारीले महामन्त्री कोइरालाको पुनः कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको बताएका जानकारी दिएका छन् ।
कोरोना संक्रमण भएपछि घरमा नै होम आइसोलेशनमा बसेका कोइरालाको स्वास्थ्यमा समस्या देखिएपछि ओम अस्पताल भर्ना भएका थिए । उनी गत शनिबार अस्पतालबाट डिस्चार्ज भएका थिए ।
स्वास्थ्यमा क्रमिक सुधार आएपछि चिकित्सकको सल्लाहअनुसार केही दिन होम आइसोलेसनमै बस्ने गरी उनलाई डिस्चार्ज गरिएको थियो । महामन्त्री कोइरालामा गत २३ भदौमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।