add

नेपाल र चीनबीच सीमाको समस्या छैन्, चीनले बनाएको भवन सिमानाभन्दा १ किलोमिटर पर छ: परराष्ट्र मन्त्रालय






ActPro Nepal

|

८ असोज, २०७७

|
1310

काठमाडौं। सरकारले नेपाल–चीनबीच सीमा विवाद नरहेको बताएको छ ।

सरकारका प्रवक्तासमेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्न बुधबार आयोजित नियमित पत्रकार भेटघाटमा हुम्लाको लिमी उपत्यकामा भूमि अतिक्रमण नगरेको प्रष्ट पारेका हुन् ।

ज्ञवालीले २०७३ सालमा बनेको अन्तर मन्त्रालय छानबिन समिति गठन गरेर स्थलगत अध्ययन गरेको बताए । उक्त टोलीले चीनले आफ्नै भूभागमा भवन निर्माण गरेको प्रतिवेदन बुझाएको बताए ।

‘बनेका घरहरु नेपाल–चीन सीमाबाट एक किलोमिटरभित्र चिनियाँ भूभागमा बनेको पाइएको रहेछ’, उनले भने, ‘त्यसकारण नेपाल र चीनबीच सीमाको समस्या छैन् ।’

उनले अहिले हुम्लाका प्रमुख जिल्ला अधिकारीको नेतृत्वको टोली स्थलगत भ्रमणमा रहेको र सो टोलीले कुनै नयाँ कुरा ल्याए त्यस विषयमा जानकारी गराउने बताए।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.