काठमाडौं । अनसनरत डा. गोविन्द केसीलाई उपचारको लागि उपचारको लागि राष्ट्रिय ट्रमा सेन्टर लगिएको छ।
नेपालगञ्जदेखि काठमाडौं आएका केसीलाई त्रिभुवन विमानस्थलबाट सिधै प्रहरीले राष्ट्रिय ट्रमा सेन्टरतर्फ लगेको हो।
डा. केसीका सहयोगी प्रितम सुवेदीका अनुसार उनलाई प्रहरीले जबर्जस्ती ट्रमा सेन्टर लगेको हो। उनलाई ट्रमा सेन्टरको आकस्मिक कक्षमा राखिएको छ। जुम्लामा अनशन बसेका उनीमाथि धरपकड हुन सक्ने र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तोडफोड हुन सक्ने भन्दै केसी आइतबार काठमाडौंतर्फ आएका थिए।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।