add

शैक्षिक क्षेत्रमा प्रहरी हस्तक्षेप बन्द गर्न नेविसंघको माग






ActPro Nepal

|

५ असोज, २०७७

|
1017

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले सरकारसँग शैक्षिक क्षेत्रमा प्रहरी हस्तक्षेप बन्द गर्न माग गरेको छ ।

नेविसंघले सोमबार प्रेस विज्ञप्ति जारी गरेर सरकारसँग शैक्षिक क्षेत्रमा प्रहरी हस्तक्षेप बन्द गर्न माग गरेको हो । नेविसंघले त्रिभुवन विश्वविद्यालयमा सरकारले गराएको प्रहरी हस्तक्षेप बन्द नगरे आन्दोलन गर्ने चेतावनी पनि दिएको छ । नेविसंघले वार्ता र संवादका माध्यमबाट त्रिविका सबै समस्याका समाधान खोज्न पनि माग गरेको छ ।

“विश्व विद्यालयमा दैनिक प्रहरीको प्रवेश आपत्तिजनक छ,” अध्यक्ष राजीव ढुंगानाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “सरकारले शैक्षिक क्षेत्रमा प्रहरी हस्तक्षेप तुरुन्त बन्द गरोस् । हैन भने सरकारले गराएको प्रहरी हस्तक्षेप र उपकुलपतिले गराएको प्रहरी संरक्षित गुन्डागर्दीविरुद्ध निर्णायक आन्दोलन गर्न बाध्य हुनेछौं ।”

नेविसंघका महामन्त्री दीपक भट्टराईले विद्यार्थीका जायज माग राख्दा झुटा मुद्दा लगाएर विश्वविद्यालयले प्राज्ञिक थलोलाई ब्यारेक बनाउन खोजेको आरोप लगाए ।

“हामी संकटमा छौं । शिक्षा क्षेत्र नराम्रोसँग थलिएको छ । यसको सुधारका निम्ति त्रिवि नेतृत्वसँग न कुनै योजना छ, न हामीले भनेको सुन्छ, उल्टो विद्यार्थीले जायज माग राख्दा झुटा मुद्दा लगाई प्राज्ञिक थलोलाई ब्यारेक बनाउन खोज्दै छ,” उनले भने, “हिजोका निरंकुशले जस्तो पुलिस लगाएर विद्यार्थी  तर्साउने कोसिस गर्दै छ जुन हतियार हिजै असफल भइसक्यो ।”


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.