add

आन्तरिक उडान आजदेखि सुरु, जहाजका कर्मचारी र यात्रुको लागि यी नियम अनिवार्य






ActPro Nepal

|

५ असोज, २०७७

|
822

काठमाडौं । आन्तरिकतर्फको नियमित व्यावसायिक उडान असोज ५ गतेबाट नै सुरु भएको छ ।

सरकारले सिट क्षमता अनुसार आन्तरिक हवाई सेवा सञ्‍चालन गर्न अनुमति दिएसँगै बन्द भएको छ महिनापछि सोमबारदेखि नियमित उडान सुरु भएको हो ।

कुल उडान क्षमताको २५ प्रतिशत मात्रै उडान गर्नुपर्ने प्रावधानको साथमा कुल सिटको आधा क्षमतामा मात्रै यात्रु बोक्ने पाइने निर्णय थपिएपछि वायुसेवा सञ्चालक संघले जहाज नउडाउने निर्णय गरेका थिए ।

अब हवाई यात्रामा यात्रुले केही कठिनाई भोग्नु पर्नेछ भने समय पनि केही लामो हुनेछ । किनकी अब हवाई यात्राका दौरान सुरक्षा सतर्कता अझ कडा हुनेछ ।

उनीहरुले सुरक्षाका पूर्ण मापदण्ड पालना गर्ने/गराउने तर सबै सिट भरेर उडान गर्न पाउने माग गरेका थिए ।

विमानस्थल कार्यालयका अनुसार यात्रु जहाज उड्ने समयभन्दा कम्तिमा डेढ घण्टा अगाडी नै विमानस्थल पुग्नुपर्छ। यसअघि एक घण्टा अगाडी नै विमानस्थल पुग्दा हुने व्यवस्था थियो ।

वायुसेवा सञ्चालकको माग संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मन्त्रिपरिषदबाट पारित गराइसकेको छ । आजदेखि नौ दिनसम्म कुल उडानको २५ देखि ३० प्रतिशतसम्म जहाज उड्नेछन् तर पूर्ण सिट क्षमतामै जहाज उड्नेछन् ।

आन्तरिक हवाई यात्राका लागि यात्रुहरुले बोर्डिङ पास लिनुअगाडि हेल्थ डिक्लरेसन फाराम भर्नुपर्ने हुन्छ । त्यस्तो फाराम भरेर यात्रुले सम्बन्धित एयरलाइन्स कम्पनीलाई बुझाउनुपर्नेछ ।

यस्ता छन् यात्रुले पालना गर्नुपर्ने नियम

· सबै यात्रुले एयरपोर्ट आउनु अगाडि मास्क लगाई हात स्यानिटाइज गर्नुपर्नेछ ।

· विमानस्थल भित्र कम्तिमा १ मिटरको भौतिक दूरी कायम गर्नुपर्नेछ ।

· इ टिकेटबाट चेकइन गरिने भएको छ ।

· आफ्नो व्यागेजसँगै लैजान पाइने छैन, महिलाको हृयाण्डक्यारी र ल्यापटप ब्यागबाहेक अन्य ब्याग विमान भित्रै लैजान निषेध गरिएको छ ।

· सबै यात्रुका लागि विमानस्थलमा दोहोरो तापक्रम चेकजाँच र स्यानिटाइजरको व्यवस्था गरिएको छ ।

· विमानभित्र हिँडडुल गर्न निषेध गरिएको छ ।

· शौचालय विमानस्थलमै प्रयोग गरि जहाज चढ्नुपर्नेछ ।

· कोभिड १९ को लक्षण देखिएको यात्रुलाई हवाई यात्रुलाई निषेध गरिएको छ ।

· मास्क र फेससील यात्रुले यात्रा अवधिभर लगाउनु पर्नेछ ।

विमान र कर्मचारीले कस्तो नियम पालना गर्नुपर्छ ?

· र्‍याम्प बसमा यात्रुलाई सामाजिक दूरी कायम गराई बसाउनु पर्नेछ ।

· ब्यागेज ट्रली, ट्रान्सपोर्ट भ्यान तथा अन्य सवारी साधन हरेक पटक प्रयोगपछि स्यानिटाइज गर्नु पर्नेछ ।

· पटक पटक प्रयोगमा आइरहने ढोकाका हृयाडल तथा स्ट्याण्डहरु पटक पटक स्यानिटाइज गर्नुपर्छ ।

· यात्रुलाई विमानभित्र र बाहिर लैजाँदा एक पटकमा चार जनालाई मात्र लैजानु पर्छ ।

· यात्रुहरुलाई फेससील वितरण गर्नुपर्नेछ ।

· हरेक उडानपछि विमानस्थललाई सरसफाई गर्नुपर्छ ।

· सबै कर्मचारीले अनिवार्य मास्क लगाई यात्रुसँग सामाजिक दूरी कायम गरी सेवा दिनु पर्नेछ ।

· हरेक कर्मचारीको दैनिक कार्यालय प्रवेशसँगै तापक्रम नाप गरिने भएको छ ।

· हरेक कर्मचारीलाई सुरक्षित सेवा सम्बन्धमा नियमित तालीम तथा आवश्यक सुरक्षा सामग्री प्रदान गरिने भएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.