add

एकताको २८ महिनापछि पेरिसडाँडामा नेकपा सचिवालय बैठक, प्रधानमन्त्री ओली पहिलोचोटि पेरिसडाँडामा






ActPro Nepal

|

४ असोज, २०७७

|
978

काठमाडौं ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को  सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको छ। 

आइतबार बिहान ११ बजेबाट पेरिसडाँडामा सुरु भएको नेकपा सचिवाल वैठकमा प्रधानमन्त्री ओली सहभागी भएका छन् । 

असोज २ गतेका लागि तोकिएको बैठक प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीको व्यस्तताका कारण आइतवारका लागि सारिएको थियो।

नेकपाभित्रको लामो समयको आन्तरिक विवाद समाधान भएपछि पहिलोपटक पेरिसडाँडास्थित पार्टी कार्यालयमा सचिवालय बैठक बसेको हो। यसअघि माओवादीको केन्द्रीय कार्यालय रहेको पेरिसडाँडामा पार्टी एकतापछि अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल प्रचण्ड एकैसाथ अध्यक्षता ग्रहण गर्नमात्र पुगेका थिए। एकताको झन्डै २८ महिनापछि पेरिसडाँडामा सचिवालयका नेताहरु छलफलमा जुटेका छन्। 

यसअघि बालुवाटार बाहिर सचिवालयका बैठक दुईपटक केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको थियो। दुवै बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित थिए।

ओलीले स्थायी कमिटी र सचिवालय बैठक बालुवाटारमै राखेपछि नेकपाका नेताहरु बालुवाटारमा बैठक राख्न नहुने अडानमा थिए।

यसअघि पार्टी उपाध्यक्ष वामदेव गौतमले स्थायी कमिटी बैठकमा पेश गरेको ६ बुँदे प्रस्तावमा समेत बैठक पार्टी कार्यालयमा बस्नुपर्ने अडान राखेका थिए।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.