add

नेपालमा फल्स सिलिङको सम्भावना राम्रो छ






ActPro Nepal

|

४ असोज, २०७७

|
960

नेपालमा पछिल्ला दिनहरुमा फल्स सिलिङको प्रयोग बढ्दो क्रममा छ । घरको सजावटमा फल्स सिलिङको विशेष महत्व रहन्छ । विगतका दिनहरुमा फल्स सिलिङको प्रयोग सम्बन्धमा मानिसहरुमा त्यति चासो रहेको पाईंदैनथ्यो । उसो त नेपालमा उत्पादन नहुने फल्स सिलिङ लगायतका सामानहरु सहज रुपमा उपलब्ध हुन नसक्नु पनि एक कारण हुन सक्छ । साथै यी सामानहरु व्यावसायिक प्रयोजनको लागि नेपालमा नभित्र्याइनुले मानिसले चाहेर पनि सहज रुपमा फल्स सिलिङ उपलब्ध हुने अवस्था थिएन । तर पछिल्ला बर्षहरुमा भने नेपालमा फल्स सिलिङको प्रयोग सम्बन्धमा मानिसहरुमा आकर्षण बढ्दै गएको छ । आफूले तत्कालको लागि भन्दा पनि दीर्घकालिन रुपमा फल्स सिलिङको बजार राम्रो हुन सक्ने देखेर नै नवराज चौलागाईंले विगत १० बर्ष देखि यी सामानहरु नेपालमा विभिन्न बाह्य मुलुकहरुबाट भित्र्याउन शुरु गरेका हुन् । १ दशक यसै क्षेत्रमा बिताउने क्रममा नवराजले नेपाली बजारमा फल्स तथा सिलिङको दायरा विस्तार हुँदै गएको र आगामी सम्भावना अझ राम्रो रहेको अनुमान गर्छन् ।

नेपालमा फल्स सिलिङका सामानहरु उत्पादनको प्रयाशमा चौलागाई

अहिले पनि नेपालमा फल्स सिलिङ सम्बन्धी आवश्यक पर्ने अधिकांश सामानहरु बाह्य मुलुकबाट नै आइरहेका छन् । यस्तो अवस्थामा यी क्षेत्रमा आवश्यक पर्ने केही सामानहरु नेपालमा नै उत्पादनको लागि चौलागाईं आफैंले पहल समेत गरेका छन् । जिआइ एण्ड स्टिल इण्डष्ट्रिजको नाममा यस्ता सामानहरु उत्पादन कार्य शुरु गरेका हुन् । यो उद्योग बुढानिलकण्ठमा सञ्चालित छ । यद्यपि अहिले सम्म पनि यस किसिमका सामानहरु नेपालमा उत्पादनको लागि नेपाल सरकारले विशेष समन्वयनकारी भूमिका निर्वाह गर्न सकेको छैन । साथै नेपालमा नै उद्योग स्थापना गर्दा पनि यी सामानहरु उत्पादनको लागि कच्चा पदार्थ भने बाह्य बजारबाट नै भित्र्याउनुपर्ने हुन्छ । तर नेपाल सरकारले नेपालमा कच्चा पदार्थ भित्र्याउँदा र तयारी सामान भित्र्याउँदा समान दरको कर लगाउँदै आएको छ । जसले गर्दा नेपालमा नै प्लान्ट राखेर सामान उत्पादन गर्ने कार्य सम्भव हुँदाहुँदै पनि यस तर्फ आफूहरुलाई प्रोत्साहन मिल्न नसकेको चौलागाईंको ठहर छ । यस कम्पनीले हाल फल्स सिलिङमा प्रयोग हुने च्यानल र पार्टिसनमा प्रयोग हुने च्यानल उत्पादन गर्दै आइरहेको छ । यसको लागि कच्चा पदार्थको रुपमा पर्ने पाताको लागि छुट पाउन नसक्दा यसबाट निर्माण हुने तयारी वस्तुको मूल्य उल्लेख्य घटाउन सकिएको छैन । यो उद्योगले हाल अटोमेटिक प्लान्टबाट सामानहरु उत्पादन गर्दै आएको छ ।

कस्तो कम्पनी हो फल्स सिलिङ हाउस ?

बिल्डिङ मेटेरियल क्षेत्रमा रहेर काम गर्दै आएको कम्पनी हो फल्स सिलिङ हाउस । यस क्षेत्रमा लामो अनुभव समेट्नुभएका आफन्त एवं चर्चित व्यवसायी नारायण रेग्मीको साथले चौलागाईंलाई यस क्षेत्रमा प्रवेश गर्न सहयोग पुगेको हो । निर्माण संसार प्रा.लि सञ्चालन गर्दै आउनुभएका नारायण रेग्मी यस क्षेत्रमा विगत २५ बर्ष देखि संलग्न रहँदै आउनुभएको छ । तर युवा उद्यमी चौलागाईं आफू भने आफ्नो व्यवसायलाई अलि फरक तवरले सञ्चालन गर्ने सोच बनाउनुभयो । सोही बमोजिम उहाँले आफू फल्स सिलिङ क्षेत्रमा आकर्षित हुनुभएको हो ।

फल्स सिलिङ क्षेत्रमा संलग्न भइसकेपछि यस क्षेत्रमा आवश्यक पर्ने सबैजसो सामानहरु उहाँले नेपालमा भित्र्याएर आवश्यक पर्ने ठाऊँहरुमा उपलब्ध गराउन थाल्नुभयो । हाल यस कम्पनीले फल्स, सिलिङ, फ्लोरिङ, वालपेपर र पार्टिसन लगायतका सामानहरु नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ । हाल यस कम्पनी जिप्सम बोर्डहरु थाइल्याण्ड र भारतबाट आयात गर्दै आइरहेको छ । यसको अलावा सिमेन्ट बोर्ड, प्रिफ्याब बोर्ड लगायत भारतबाट आयात भइरहेका छन् । यसको अलावा वालपेपर, पार्केट तथा सिलिङ मेटेरियलहरु चीनबाट आयात गर्दै आइरहेको छ । आगामी दिनमा बिल्डिङ मेटेरियलहरु सबै एकै ठाउँमा उपलब्ध हुने गरी बिल्डिङ मेटेरियल हब बनाउने योजनामा छ फल्स सिलिङ हाउस । जहाँ बिल्डिङ बनाउन आवश्यक पर्ने सबै सामानहरु उपलब्ध हुनेछन् ।

नयाँ प्रयाशको थालनी

फल्स सिलिङको क्षेत्रमा बजारमा नयाँ आयाम थप्न यो कम्पनी सफल छ । आफूले नेपालमा फल्स सिलिङ सम्बन्धी काम गर्ने समयमा यसको बारेमा मानिसहरुमा कम जानकारी थियो । आफूले यी सामानहरु बजारमा ल्याउनुपूर्व मानिसहरुले आधुनिक किसिमका यस्ता सामानहरु उपलब्ध नभएका कारण सिलिङको लागि प्लाई, मान्द्राहरु समेत प्रयोग गर्ने प्रचलन थियो ।

थुप्रैलाई स्वरोजगारी

पछिल्ला बर्षहरुमा अदृश्य रुपमा रोजगारी सृजनाको एउटा नयाँ क्षेत्र बन्न पुगेको छ फल्स सिलिङ क्षेत्र । खासगरी कतार, मलेसिया, दुबई लगायतका बाह्य मुलुकबाट फल्स सिलिङ सम्बन्धी काम गरेर नेपालमा आएका व्यक्तिहरुले नेपालमा नै यस किसिमका कामहरु हुने भएकोले उनीहरु नेपालमा पनि यस क्षेत्रमा संलग्न रहँदै आएका छन् । जसले गर्दा अहिले थुप्रै्र व्यक्तिहरु यस क्षेत्रमा स्वरोजगार समेत बनिसकेका छन् ।

बजार विस्तार

पछिल्ला दिनहरुमा नेपालमा फल्स, सिलिङ तथा पार्टिसन लगायतका सामानहरु काठमाडौंको बजारमा मात्र सीमित छैन । नेपालका पूर्व देखि पश्चिम सम्मका मुख्य शहरी क्षेत्रहरुमा यी सामानहरु विक्री हुँदै आएका छन् । हाल नेपालको पूर्वी क्षेत्र विर्तामोड, इटहरी, धरान, विराटनगर हुँदै महेन्द्रनगर, धनगढी, नेपालगञ्ज लगायतमा समेत यसको माग वृद्धि भइरहेको छ । बुटबल, नारायणघाट र पोखरामा यी सामानहरुको माग अत्यधिक बढेको छ । आगामी दिनमा यस क्षेत्रको सम्भावना अझ राम्रो देखिएको छ । देख्दा आकर्षक हुनुको अलावा साउण्ड प्रुफ, वाटर प्रुफ, फायर प्र्रुफ जस्ता विशेषता सहितका यी सामानहरु तर्फ आकर्षण बढेको अनुमान गर्न सकिन्छ ।

व्यवसाय सञ्चालन तथा विस्तार गर्न व्यावसायिक स्वभाव भएका व्यक्तिहरुको रिम चाहिन्छ । तर नेपालीहरुमा सामुहिक रुपमा काम गर्ने स्वभाव कम रहनु नै मुख्य समस्या हो । अधिकांश नेपालीहरु व्यावसायिक भन्दा जागिरे मानसिकताबाट प्रभावित हुने गरेका छन् । तर आफूहरु भने पारिवारिक टीमबाट चलिरहेको कारण त्यस किसिमको समस्या भोग्नुपरेको छैन ।

शुरुको लगानी

‘शुरुका दिनमा २५ लाख रकम लगानीमा म यस फल्स सिलिङ क्षेत्रमा प्रवेश गरेको हुँ । नेपालमा हामीले यो काम शुरु गर्दा यस सम्बन्धी काम गर्ने कम्पनीहरु कम भएको र मानिसहरुमा पनि यस क्षेत्रको बारेमा त्यति धेरै जानकारी पनि नभएको अवस्थामा यस सम्बन्धी सेवा प्रदान गर्न केही कठिनाई महसुस ग¥यौं । साथै सेवाग्राहीको मन जितेर राम्रो विश्वास समेत प्राप्त ग¥यौं । अहिले हाम्रो बार्षिक कारोवार नै करोडौंको हुने गरेको छ । अहिले कारोबारलाई हेरेर बैंकहरुले लगानीमा सहयोग गरिरहेका छन् ।

खासगरी २०७२ को भूकम्प पश्चात् नेपालमा प्रिफ्याब घरहरु बन्ने प्रचलन निकै नै बढ्यो । प्रिफ्याब घरहरु बनिसकेपछि त्यसमा पार्टिसन र सिलिङ अनिवार्य जस्तै बन्यो । जसले गर्दा हाम्रा प्रडक्टहरुको माग निकै बढ्न गयो । त्यसपहिले नेपालमा पार्टी प्यालेस तथा केही व्यावसायिक भवनहरुमा मात्र प्रयोग गरिने फल्स सिलिङ अहिले नेपालका अन्य घरायसी प्रयोजनमा पनि व्यापक प्रयोग हुने गरेको छ । जसले गर्दा हाम्रो व्यवसाय विस्तारमा पनि निकै सहयोग पुगेको छ’ चौलागाईंले बजार विस्तार सम्बन्धी आफ्नो अनुभव बताए ।

फल्स सिलिङको प्र्रयोगः

नेपालमा निर्माण क्षेत्र, इन्टेरियर, साधारण फेब्रिकेटर, पछिल्ला दिनहरुमा सिमेन्टबाट बनाइने प्रिफ्याब हाउस, व्यावसायिक भवन, रेसिडेन्सियल भवन, पार्टी प्यालेस लगायतमा यस्ता सामानहरु प्रयोग हुँदै आएका छन् ।

सफलताको आधार

वि.सं २०३६ मा काभ्रेमा जन्मिएका चौलागाईं वि.सं २०४८ देखि काठमाडौंमा रहँदै आएका छन् । हाल फल्स सिलिङको अलावा टेक्सास इन्टरनेशनल कलेजमा पनि सञ्चालकको रुपमा संलग्न रहँदै आएका चौलागाईंको व्यावसायिक सफलता सम्बन्धी यस्तो धारणा छ ।

‘व्यवसाय सञ्चालन तथा विस्तार गर्न व्यावसायिक स्वभाव भएका व्यक्तिहरुको रिम चाहिन्छ । तर नेपालीहरुमा सामुहिक रुपमा काम गर्ने स्वभाव कम रहनु नै मुख्य समस्या हो । अधिकांश नेपालीहरु व्यावसायिक भन्दा जागिरे मानसिकताबाट प्रभावित हुने गरेका छन् । तर आफूहरु भने पारिवारिक टीमबाट चलिरहेको कारण त्यस किसिमको समस्या भोग्नुपरेको छैन । व्यापारिक क्षेत्रमा अधिकांश मारवाडी समुदायका व्यक्तिहरु संलग्न रहँदै आएको अवस्थामा नेपालीहरुले पनि व्यावसायिक रुपमा बलियो जग तयार गरेर व्यावसायिक तवरले काम गर्नसके राम्रो सफलता हासिल गर्न सक्छन् ।’ यसको लागि राम्रो टीम हुनु जरुरी हुने चौलागाईं बताउँछन् । साथै आफूहरुको सफलताको आधार पनि टीम वर्क नै भएको चौलागाईं बताउँछन् । साथै नेपालमा अहिले सम्म आयातमा नै निर्भर रहँदै आएकोमा आगामी दिनमा राम्रो टीम बनाएर काम गर्न सकेको खण्डमा उद्योगमा पनि राम्रो सम्भावना रहेको उनको धारणा छ ।

अन्त्यमा

अतिरिक्त आवश्यकताको रुपमा रहँदै आएको यस फल्स सिलिङ क्षेत्रमा हालको कोरोना सङ्कटमा कारोबार करिब २५ प्रतिशतमा सीमित हुन पुगेको छ । यद्यपि आगामी दिनमा भने सम्भावना निकै राम्रो देखिएको छ । नेपालमा निर्माण कार्य भर्खर मात्र शुरु भएको छ । नेपालमा निर्माण गर्नको लागि निकै ठूला संरचना सहितका प्रयाप्त सम्भावनाहरु रहेको कारण सोही बमोजिम फल्स सिलिङको सम्भावना पनि निकै राम्रो देखिन्छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.