add

कृषि विश्वविद्यालयमा दुई महिनादेखि ताला






ActPro Nepal

|

२ असोज, २०७७

|
558

चितवन । चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालयको केन्द्रीय कार्यालयमा दुई महिना अघि गरिएको तालाबन्दी अझै खुल्न सकेको छैन ।

अधिकांश समय निमित्त पदाधिकारीको भरमा चल्दै आएको विश्वविद्यालय पदाधिकारीको अभावमा अस्तव्यस्त बन्दै गएको छ ।

नेपाल राष्ट्रिय कर्मचारी संगठनको नेतृत्वमा अस्थायी र करार कर्मचारीहरु सहितले विश्वविद्यालयमा साउन १२ गते तालाबन्दी गरेका हुन् ।

उनीहरुले केन्द्रीय कार्यालयसँगै कृषि र भेटेरिनरी सङ्कायमा पनि तालाबन्दी गरेका छन् ।

संगठनका अध्यक्ष अचल शाक्यले त्यहाँ कार्यरत २४ जना करार कर्मचारीलाई स्थायी र ८५ ज्यालादारी कर्मचारीलाई करारसहितका माग राख्दै तालाबन्दी गरिएको बताए ।

हाल उपकुलपतिको जिम्मेवारी पाएका डा शारदा थपलिया आफ्ना मागहरु सम्बोधन गर्ने विषयमा अनुदार भएकै कारण तालाबन्दी गर्नुपरेको शाक्यको भनाइ छ ।

तत्काल संगठनको माग सम्बोधन गर्न नसकिने उपकुलपत थपलियको भनाइ छ ।

विश्वविद्यालयको सेवा आयोगको अध्यक्ष र रजिष्ट्रार पद रिक्त छ  । -रासस


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.