काठमाडौं । बागमती प्रदेश रसुवाका सांसद प्रभात तामाङले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङको पुनः नियुक्ती हुनुपर्ने माग गरेका छन् ।
सामाजिक सञ्जाल मार्फत सांसद तामाङले घिसिङलाई पदमुक्त गरिएको बारेमा सरकारले पुनर्बिचार गर्नुपर्ने माग गरेका हुन् ।
उनले लेखेका छन-'कुलमान घिसिङ एक कुसल व्यवस्थापक हुन ऊर्जा क्षेत्रमा उनको कार्यकालमा अविस्मरणीय योगदान गरेका छन् ।
उनले शुरू गरेका धेरै कामहरु अधूरा पनि छन जसलाई पूर्णतादिन अत्यन्तै आवश्यक रहेको छ त्यसैले पनि उनलाई पुनः नियुक्ति गर्नु पर्ने थियो तर सरकारले यो कुरालाई वेवास्ता गरेर निर्देशक तामाङलाई पद मुक्त गरेको ख़बरले सारा नेपालीलाई दुःखी बनाएको समेत बताएका छन । त्यसैले उक्त निर्णय माथी सरकारले पुनर्विचार गर्नु पर्दछ ।
त्यसैगरि नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङको पुनः नियुक्ती हुनुपर्ने माग राख्दै युवाहरुले प्रर्दशन गरेका छन् ।
चार वर्षे कार्यकाल पूरा गरेर मंगलबार बिदा भएका घिसिङको पुनः नियुक्ती हुनुपर्ने मागसहित युवाहरुको समूहले प्रर्दशन गरेका थिए ।
ठूलो संख्यामा भेला भएका युवाहरुले सरकारविरुद्ध उचर्को नाराबाजी गरेका छन् । उनीहरुले ‘ओली तेरो पाराले, दुख पायो साराले, अोली सरकार मुर्दावाद कुलमान घिसिङ जिन्दावाद’ लगायतका नारा लगाएका थिए ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।