add

कोरोनाको बहानामा महाधिवेशन कुनै पनि हालतमा नरोकौ‌ं : पौडेल






ActPro Nepal

|

३१ भदौ, २०७७

|
699

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कोरोनाको बहानामा पार्टीको महाधिवेशन रोक्न नमिल्ने बताएका छन ।

नेपाली कांग्रेस कोभिड–१९ अनुमगन समितिले गरेको गण्डकी प्रदेशस्तरीय जुम छलफलमा बोल्दै पौडेलले महाधिवेशन निर्धारित समयमा नै गर्नुपर्ने बताउनुभयो ।

‘अब छलिँदै अघि बढेर काम गर्नुपर्छ, कोरोनासँग मिलेर अघि बढ्नुपर्छ’, पौडेलले भन्नुभयो । पौडेलले कांग्रेस उल्टो बाटो हिँडेको पनि टिप्पणी गर्नुभयो । महाधिवेशन गर्नुपर्ने बेलामा सभापतिले मनोनयनको काम गरेर उल्टो बाटो हिँडेको उहाँको आरोप छ । ‘यसले विवाद मात्र निम्त्याउँछ, यस्ता काम गर्नुहुँदैन’, उहाँले भन्नुभयो ।

कांग्रेस कमजोर हुँदा लोकतन्त्र कमजोर हुने बताउँदै उहाँले कांग्रेसलाई बलियो भएर ठिक बाटोमा हिंड्न पनि आग्रह गर्नुभयो । ‘यस्तै पाराले अघि बढ्ने हो भने अर्को चुनाव पनि कांग्रेसले जित्दैन’, उहाँले भन्नुभयो ।

कोरोना नियन्त्रणका लागि सरकार जिम्मेवार नभएको पनि पौडेलको भनाइ छ । तत्काल योजना बनाएर अघि बढ्न उहाँले सरकारलाई आग्रह गर्नुभयो ।

कोरोना नियन्त्रणका लागि कांग्रेसले सरकारलाई बारम्बार विभिन्न सुझाव दिएपनि त्यो खासै कार्यान्वयनमा नआएको उहाँले गुनासो गर्नुभयो । ‘हामीले बारम्बार प्रधानमन्त्रीलाई नै भेटेर सुझाव दिइरहेका छौँ, तर सरकारले सुनेन’ पौडेलले भन्नुभयो ।

कोरोना नियन्त्रण र उत्पादनमूलक रोजगारीको काम एकै साथ अगाडि बढाउनुपर्ने उहाँले बताउनुभयो । यसमा राज्य गम्भीर हुनुपर्ने पौडेलको भनाइ छ । कोरोना नियन्त्रणमा स्थानीय तहको काम भने प्रशंसायोग्य भएको पौडेलको भनाइ छ । ‘तल्लो तहका साथीहरुले जुन हिसाबले काम गर्नुभएको छ उहाँहरु धन्यवादको पात्र हुनुहुन्छ’, पौडेलले भन्नुभयो ।

कोरोना कति वर्ष जान्छ भन्ने निश्चित नभएकाले जोगिएर अघि बढ्न पनि उहाँले आग्रह गर्नुभयो । अब बन्द गरेर थेग्न नसकिने पौडेलको निष्कर्ष छ । उहाँले कोरोनाले विश्वलाई नै एक पटक सोच्न बाध्य तुल्याएको बताउनुभयो ।

कोरोनाले मानिस मर्ने मात्र होइन विश्व अर्थतन्त्रलाई नै धरासायी बनाएको उहाँले बताउनुुभयो ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.