काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय सीमा नाका असोज ३० गतेसम्म बन्द गर्ने निर्णय गरेको छ ।
भदौ ३१ गतेसम्म रोक लगाइएको सीमा नाकालाई थप एक महिना बन्द गर्ने निर्णय गरेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए ।
यस्तै सोमबार बसेको मन्त्रिपरिषद् बैठकले थप दुई नाका खोल्ने निर्णय पनि गरेको छ । यसअघि १० वटा नाका मात्रै खुला भएकोमा अब १२ वटा नाका खुल्ने छन् ।
इलामको पशुपतिनगर र दार्चुलाका दुई नाका थपेर १२ वटा खुला गरिएको छ । त्यस्तै चीनतर्फको रसुवागढी नाका पनि खुला गर्ने निर्णय गरेको परराष्ट्रमन्त्री ज्ञवालीले बताए ।
यस्तै अन्तरिक हवाई उडान र होटल रेस्टुरेन्ट पनि असोज १ गतेदेखि नै खुलाउने निर्णय गरेको छ । जनस्वास्थ्यका सबै मापदण्ड पालना गराएर असोज १ गतेदेखि आन्तरिक हवाई उडान र होटल रेस्टुरेन्ट खोल्ने निर्णय गरेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए ।
सरकारले लामो दूरीका यातायातका साधन १ असोजबाटै चलाउन सकिने गरी निर्णय सार्वजनिक गरेको छ । यसअघि सोमबार मन्त्रिपरिषद् बैठकपछि भने मन्त्रिहरुले लामो दूरीका यातायात र आन्तरिक उडान ५ असोजबाट खुल्ने निर्णय भएको बताएका थिए ।
तर, औपचारिक निर्णय सार्वजनिक गर्दै सरकारका नवनियुक्त प्रवक्ता प्रदीप ज्ञवालीले १ असोजबाटै यी सेवा संचालनमा आउने निर्णय भएको बताएका छन् । उनका अनुसार सार्वजनिक यातायातमा भने भाडा ५० प्रतिशत बढी लिन पाइने भएको छ ।
स्वास्थ्य सुरक्षा सम्बन्धि मापदण्ड पालना गर्दै यातायात सञ्चालन गर्न पाइने छ । उनका अनुसार संक्रमणको जोखिम बढेमा भने स्थानीय प्रशासनबाटै आवश्यक निर्णयहरु हुनेछन् । बसको एक लहरको सिटमा एक जना मात्र बस्न पाइनेछ। जहाजमा समेत यस्तै गरी यात्रा गर्न पाइने भएको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।