add

जग्गा कित्ताकाट फुकुवाको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश






ActPro Nepal

|

३० भदौ, २०७७

|
439

काठमाडौं । सर्वोच्च अदालतले जग्गाको कित्ताकाट फुकुवाको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश सुष्मालता माथेमाको एकल ईजलासले आगामी असोज ८ गतेसम्म जग्गा जमिन कित्ताकाट गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।

दिईएको अन्तरिम आदेशलाई निरन्तरता दिनेरनदिने सम्बन्धमा असोज ८ गते पुन: छलफल हुने भएको छ ।

अधिवक्ता सन्तोष भण्डारी लगायतले दायर गरेको रिट निवेदनमा अधिवक्ताहरु मनिष कुमार श्रेष्ठ,रामेश्वरप्रसाद कोईराला,किर्तिनाथ शर्मा पौडेल लगायतले बहस गरेका थिए ।

२०७४ साउन २६ गते भूमि व्यवस्था मन्त्रालयको मन्त्रीस्तरको निर्णयले प्लटिङ गर्न स्वीकृति लिने र अंशवण्डा गर्नेको हकमा बाहेक जग्गा कित्ताकाटमा रोक लगाएको थियो । त्यसयता रोकिएको कित्ताकाट फुकुवा गर्ने निर्णय गरेको थियो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.