add

कमिसनको चक्करमा फस्यो नुवाकोटमा पीसीआर मेसिन खरिद प्रकरण






ActPro Nepal

|

२९ भदौ, २०७७

|
1435

काठमाडौं । स्थानीय तहहरुले अनावश्यक रुपमा पीसीआर मेसिन खरिद गरिरहेका छन् । अहिले नेपालमा स्थापना भएका प्रयोगशालाको क्षमताले नेपालका लागि पुग्ने भएकाले थप पीसीआर मेसिनहरु आवश्यक नभएको सरोकारवालाहरुले बताउँदै स्थानीय तहहरु पीसीआर मेसिन किन्न तछाड मछाड गरिरहेका छन् । 

त्यस्तै उदाहरण देख्न सकिन्छ,  नुवाकोटमा पीसीआर मेसिन खरिद प्रकरण अहिले अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा समेत उजुरी परेको छ ।  

नगरपालिकाले अनलाइन टेण्डरमा सहभागी भएका चार कम्पनी मध्ये सबैभन्दा बढी रकम कबोल गर्ने दोस्रो कम्पनीलाई मेसिन खरिदको जिम्मा दिने निर्णयसागै उक्त प्रकरण अख्तियारमा पुगेको हो । 

विदुर नगरपालिकाले शनिबार एक राष्ट्रिय दैनिक पत्रिकामा ठेक्का स्वीकृत भएको आशयको सूचना प्रकाशित गरेपछि पीसीआर मेसिन खरिदमा कमिसनको खेल  प्रकरण बाहिरिएको हो । 


नगरपालिकाले भ्याटसहित ६१ लाख रूपैयाँ प्रस्ताव गरेको कम्पनी सि कन्सेप्टलाई पन्छाएर चौँथो नम्बरको भ्याटसहित ७६ लाख ३ हजार रूपैयाँ प्रस्ताव गर्ने मेनका इन्टरप्राइजेजलाई खरिदको जिम्मा दिने गरी टेण्डर स्वीकृत गरेको छ ।

नगरपालिका स्रोतका अनुसार मेयर सञ्जु पण्डितका विश्वास पात्र समेत रहेका जनसम्पर्क अधिकृत रामहरि अधिकारीले टेण्डरको सूचना प्रकाशन अगावै डिल गरेको कम्पनी मेनका इन्टरप्राइजेजलाई खरिदको जिम्मा दिइएको हो । 

नगरपालिकाका एक कर्मचारीका अनुसार मेनक इन्टरप्राइजेजका प्रतिनिधिसँगको सल्लाहपछि अघिकारीले टेण्डरको सूचना प्रकाशित गर्नुअघिनै मेयर पण्डित र पछि शोधभर्ना दिने गरी पैसा दिन तयार रहेका सांसद खतिवडासँग मेसिन र कम्पनीको बारेमा ब्रिफिङ दिएका थिए ।


नगरपालिकाले गत साउन ३२ गते एक साताको समय दिएर पिसिआर मेसिन खरिदका लागि टेण्डर आह्वान गरेको थियो । सोही अनुसार पाँच वटा कम्पनीले टेण्डरमा सहभागिता जनाएका थिए । सूचना अनुसार भाद्र ८ गते इटेण्डर खोल्नुपर्न भए पनि सार्वजनिक खरिद अनुगमन कार्यालयको वेइसाइटमा आएको समस्याका कारण केही दिन थपिएको थियो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.