add

सुनसरीमा कोरोना संक्रमित कैदीको मृत्यु






ActPro Nepal

|

२७ भदौ, २०७७

|
552

सुनसरी । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक कोरोना संक्रमित कैदीको ज्यान गएको छ ।

सुनसरीको इनरुवा अस्पतालबाट बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिफर गरिएका रामधुनी नगरपालिका ५ झुम्का बस्ने ४३ वर्षीय पुरुषको कोरोना संक्रमणबाट शुक्रबार मृत्यु भएको हो ।

मृतक पुरुष विगत एक वर्षदेखि झुम्का कारागारमा कैदीको रुपमा रहेका थिए । उनी कुन कसुरमा पुर्पक्षका लागि कारागारमा थिए भन्ने खुलेको भने छैन । प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार मृतक पुरुषलाई १० दिनदेखि ज्वरो आएको र दुई दिनदेखि खोकी र श्वासप्रश्वासमा कठिनाई भएपछि शुक्रबार बिहान इनरुवा अस्पताल लगिएको थियो । मृतक पुरुषमा दीर्घ रोग भने नभएको प्रतिष्ठानले जनाएको छ ।

इनरुवा अस्पतालले कोरोना संक्रमणको आशंका गर्दै रिफर गरेपछि दिउँसो १२ बजे प्रतिष्ठानको इमर्जेन्सी कक्षमा रहेको कोरोना शंकास्पदलाई राख्ने ‘ई’ एरियामा भर्ना गरिएको थियो ।

इमर्जेन्सी कक्षमा भर्ना हुना साथ उनको पीसीआर परीक्षण गरिएको थियो । उनको रिपोर्ट कोरोना पोजेटिभ आएपछि कोभिड अस्पतालमा भर्ना गर्ने तयारी गर्दागर्दै शुक्रबार अपरान्ह साढेचार बजे मृत्यु भएको प्रवक्ता सापकोटाले जानकारी दिए ।

यता बुटवलस्थित कोरोना विशेष अस्पतालमा थप एक कोरोना संक्रमितको ज्यान गएको छ । जिल्लाको ओमसतिया–५ का ४० वर्षीय पुरुषको भेन्टिलेटरमा राखी उपचार भइरहँदा श्वासप्रश्वासमा समस्या भएपछि राति साढे १२ बजे मृत्यु भएको अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले जानकारी दिए ।

गत भदौ १४ गते लुम्बिनी प्रादेशिक अस्पतालमा आई पीसीआर परीक्षण गर्दा पोजिटिभ भेटिएका उनलाई १६ गते कोरोना अस्पतालमा सारिएकामा २४ गतेबाट थप समस्या भएपछि भेन्टिलेटरमा राखी उपचार गरिएको डा. थापाले बताए । मृतक मधुमेहका बिरामी थिए ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.