काठमाडौं । शनिवार काठमाडौं र ललितपुरका धेरैजसो ठाउँमा बिजुली जाने भएको छ । विद्युत क्षमता विस्तार र संरचना सार्नका लागि बिजुली आपूर्ति बन्द हुने भएको हो ।
बालाजु वितरण केन्द्रको विष्णुमति फिडरअन्तर्गत पर्ने काठमाडौं । महानगरपालिका वडा नम्बर १५ र १६ को चक्रपथ क्षेत्रमा विद्युतीय संरचनाहरु सार्न बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म वनस्थली, गंगाहल, माछापोखरी, बालाजु वाइपास, वसन्तनगर, न्यायीक प्रतिष्ठान, मनमैजु, लोकतान्त्रिक चोक, इन्द्रायणी पुललगायतका क्षेत्रहरुमा लाइन अवरुद्ध हुने प्राधिकरणले जानकारी दिएको छ ।
कुलेश्वर वितरण केन्द्र अन्तर्गत बालाजु स्वयम्भू फिडरको चक्रपथ विस्तार कार्यक्रम अन्तर्गत विद्युतीय संरचना सार्ने भएकाले बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म बिजुली आउने छैन् ।
स्वयम्भू, अजिमा हल, भगवान पाउँ, सानो भर्याङ्ग, ठूलो भर्याङ्ग, इचंङ्गु, हलचोकलगायतका ठाउँहरुमा विद्युत अवरुद्ध हुने भएको छ ।
त्यस्तै ललितपुरको पुल्चोक वितरण केन्द्रको टेकु पुल्चोक फिडरबाट वितरित ११ केभी लाइनमा नयाँ फिडर विस्तार गर्नुपर्ने भएकाले बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म धोविघाट नयाँ बाटो, मेघा हस्पिटल, पट्टीपा चोक, सिद्धार्थ कटेज, ढुङ्गेधारालगायतका क्षेत्रहरुका लाइन अवरुद्ध हुने भएको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।