add

भारत बन्यो कोरोनाको नयाँ इपिसेन्टर, एकै दिन ९६ हजार ७६० संक्रमित थपिए






ActPro Nepal

|

२६ भदौ, २०७७

|
485

काठमाडौं। भारत कोरोना भाइरसको नयाँ इपिसेन्टर बन्दै गएको छ । भारतमा एकैदिन एक लाखको नजिक संख्यामा संक्रमित थपिएपछि कोरोना भाइरसको नयाँ विश्व केन्द्रका रुपमा देखिएको हो ।

भारतमा पछिल्लो २४ घण्टाभित्र ९६ हजार ७६० जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। सोही अवधिमा त्यहाँ एक हजार २१३ जना संक्रमितले ज्यान गुमाएका छन्।

पछिल्ला दिनहरुमा भारत सबैभन्दा धेरै दैनिक संक्रमण हु्ने मुलुकमा पर्छ। काेराेना संक्रमित संख्याकाे आधारमा भारत विश्वकै दाेस्राे स्थानमा रहेकाे छ। भारतले केही दिनअघि मात्र कूल संक्रमितकाे संख्यामा ब्राजिललाई उछिनेर दाेस्राे स्थानमा उक्लिएकाे थियाे।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार भारतमा कूल संक्रमितको संख्या ४५ लाख ५९ हजार ७२५ पुगेको छ। त्यहाँ हालसम्म कोरानाका कारण ७६ हजार ३०४ जनाले ज्यान गुमाइसकेका छन्।

भारतमा सक्रिय संक्रमितको संख्या नौ लाख ४३ हजार ४३८ रहेको छ। हालसम्म ३५ लाख ३९ हजार ९८३ जना उपचारपछि निको भएको तथ्यांक छ।

पछिल्लो तथ्यांकअनुसार विश्वमा कोरोना संक्रमितको संख्या दुई करोड ८३ लाख १४ हजार ७२७ पुगेको छ। हाल सक्रिय संक्रमितको संख्या ७० लाख सात हजार ३७२ रहेको छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.