add

उपत्यकामा थपिए ३९६ जना कोरोना संक्रमित






ActPro Nepal

|

२३ भदौ, २०७७

|
522

काठमाडौं। काठमाडौं उपत्यकामा थप ३९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

मंगलबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप ३९६ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार काठमाडौंका ३००, भक्तपुरका ५८ र ललितपुरका ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ३०६ पुगेको छ। यस्तै, म‌ंगलबार नेपालमा थप ९०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रवक्ता डा‍. जागेश्वर गौतमका अनुसार योसँगै

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४८ हजार १३८ पुगेको छ। संक्रमितमध्ये ३२ हजार ९६४ जना निको भएर घर फर्किएका छन्। प्रवक्ता गौतमका अनुसार मंगलबारमात्रै कोरोनालाई जितेर २२८७ जना घर फर्किएका छन्।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.