रसुवा । स्काभेटरलाई विद्युत् तारले छुँदा करेन्ट लागेर आज एक चालकको निधन भएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा उत्तरगया गाउँपालिका वडा नं. ५ लहरे निवासी २५ वर्षीय दिनेश श्रेष्ठ छन् ।
घटनालगत्तै उपचारका लागि उनलाई रसुवा अस्पताल पुर्याइए पनि निधन भइसकेको रसुवा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. अनिलकुमार खरेलले जानकारी दिए ।
बिहान ट्रकमाथि राखेर स्काभेटर स्याफ्रुबेँसीतर्फ लाँदै गर्दा गोसाइँकुण्ड गाउँपालिका वडा नं ५ खोपाङ भीरमा सो दुर्घटना भएको जिल्ला प्रहरी प्रमुख इन्द्रप्रसाद सुवेदीले जानकारी दिए ।
राजमार्ग छेउमा रहेको धुञ्चे–स्याफ्रु ११ केभी विद्युत् प्रसारण लाइन तारमा मेशिनले कसरी छुन गयो भन्ने सम्बन्धमा प्रहरी अनुसन्धान शुरू गरिएको बताइएको छ । - रासस
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।