सामन्यतमा महिला, हिंसा भन्नाले लैङ्गिक आधारमा महिलामाथी हुने हरेक दुव्र्यवहार,घृणित, कुकार्य भन्ने बुझिन्छ ।
जसमा महिलाहरुमाथी दुख,पिडा ,यातना,शारीरिक तरिकामा कुटपिट ,यौन शोषण ,यौन दुरुत्साहान इत्यादि ,मानसिक रुपमा धम्की,गाली गलौज ,जिस्काउने प्रवृत्ति , हतोत्साहितपार्ने, महिलाको ईच्छा , आकाङ्क्षालाई नजरबन्द गराइदिने इत्यादि पर्दछ।
त्यसै गरि सामजिक तबरमा महिलाको हरेक सामाजिक क्रियाकलापबाट बन्चित गराउने तथा उनिहरुको क्षमताको अबमुल्यन गर्ने,महिलालाई तिरस्कार गर्ने इत्यादि पर्छन।
विशेष गरि महिलाहरुलाइ सम्मीलित गराइ विभिन्न कुप्रथा प्रचलित छन,कुनै उन्मुलन भय भने कुनै अहिलेसम्म समाजमा जरा गाडेर बसेको छ। जस्तै : सती प्रथाले १०० बर्ष अगाडि समाजमा कुरुतीको रुपमा थियो ।
आफ्नो कार्यकालमा नेता चन्द्र शमशेरले पुर्ण रूपमा उन्मुलन गरे । त्यसपछी महिलाहरूहरुले यस्तो घोर अन्यायबाट स्वास फेर्ने मौका पाए । उमेर नपुगी जबरजस्ती बिहे गरेर दुखकष्ट भोग्न बाध्य बनाउने बालविवाह कुप्रथा पनि हाम्रो समाजमा जल्दो समस्या थियो ।
भर्खरै केहीबर्ष यतामात्र यसलाइ गैरकानुनी को रुपमा लियको छ, र कानुन आयोग अनुसार विवाह सम्बन्धी कसुर परिच्छेद -११ दफा अन्तरगत २० बर्ष भन्दा मुनिले विवाह गर्न नपाउने उल्लेख गरिएको छ।
यो बाहेक अरु यस्ता कुप्रथाहरु अझ बाकी छन। जसमा महिला हरुलाइ सङ्लग्न गराइ उनिहरुको स्वाभिमान एवम् हकाधिकार मा नराम्रो घात हुन पुगेको छ। जस्तै : छाउपडी प्रथा, बहुविवाह , बेलविवाह इत्यादीका कारणले पनि यस्ता कुकर्म बढदै गएका छन। विशेषगरि कमजोर कानुनी व्यवस्थाका कारणले झन यस्ता गतिविधिले ठाँउ लिइहेका छन।
महिला हिंसा निराकरणमा थुप्रै पहलहरु भए ,यसको विरुद्धमा थुप्रै राष्ट्रिय एवम् स्थानिय अभियान हरु भएपनि मानिसको विचारमा खासै परिबर्तन आएको देखिदैन र व्यबहारमा लागू भएको छैन।
नेपाल परापुर्वकालदेखी पुरुषप्रधान देशको रुपमा स्थापित हुँदै आइरहेको छ। अहिलेसम्म यो प्रवृत्ति हटि एउटा आदर्श समाजमा रुपान्तरण हुन सकेको छैन।
यहाँ हरेक स्थान, कार्यमा होस वा जुनसुकै क्षेत्रमा पुरुषको हक देखिन्छ येस्तै कारणले एकाइसौ शताब्दीको परिवेशमा पनि हामी अन्य पश्चिमी रास्ट्रहरु भन्दा धेरै पछाडि छौँ । चाहे आर्थिक , भौतिक हिसाबले नै किन नहोस् । हरेक क्रियाको नकारात्मक परिणाम महिलालाई नै संज्ञा दिइन्छ। बैज्ञानिक सिदान्तको तबरले अमान्य र गलत हुँदापनी , भौतिक एवम् आर्थिक पहुँचमा कुनै स्वामित्व रहदैन ।
बढदो संचार जगतमा बढदो बिकास हुँदापनी मानिसहरुले आफुलाइ अपरिवर्तित एवम् ढ्वागीको रुपमा स्वीकारी रहेका छन् । कुथित कुप्रथाहरु अझै न्यूनीकरण भएका छैनन् ।
अझै कुनै भित्री समाजमा महिलालाई कमजोर ठान्ने अन्धविश्वासको आधारमा महिलालाई विभिन्न लाल्छ्ना लगाउने ,बोक्सी को आरोप लागाउने ती निर्दोष मन्छेलाइ जस्ता अमानवीय प्रबृत्ति प्रचलित छन।
घरेलु हिंसा पनि नेपालको परिवेशमा शिर्ष स्थानमा रहेको पाइन्छ । २०१८ मा महिला हिंसा सम्बन्धि गरिएको सर्वक्षमा महिला हिंसा मध्य १७५१ महिला माथी हिंसा भएको थियो जसमा ६५ प्रतिशत घरेलु हिंसा भएको पाइएको थियो ।
यसरी महिलाहरू दर्दनाक रुपमा हरेक क्रियाकलापबाट बन्चित भैं शारीरिक तबरले पिडा ,यातना भोग्न बाध्य भइरहेका छन।
सर्वक्षणमा गरिएको तथ्यांक बाहेक कतिपय महिला विरुद्ध भएका घटनाहरु बाहिर नआएको अनुमान गर्न सकिन्छ ।
विभिन्न सामाजिक कुप्रथाको कारणले गर्दा घरेलु हिंसामा असर पुगेको छ । जस्तै : दाइजो प्रथाले हाम्रो पश्चिम् भेगमा जरा गाडेर बसेको छ। दुलहीको तर्फबाट दाइजोमा कमि आएमा शारीरिक दुख ,कष्ट दिने इत्यादि क्रियाकलापहरु देखिन्छन् ।
अन्तर्राष्ट्रिय स्थानमा महिला हिंसा
अन्तरास्ट्रिय स्तरमा नै महिला हिंसा अत्याधुनिक मात्रमा भएको पाइन्छ united nation for women ले लिएको सर्वेक्षणमा ३० प्रतिशत महिलाहरू बाहिरी अज्ञात व्यक्तिहरुबाट पीडित र ७० प्रतिशत महिला घरेलुु हिंसाको शिकार भएको पाइएको छ।
महिला हिंसाका थुप्रै अनगिन्ती कारणहरु छन। व्यबहारिक ज्ञान्, चेतनाको कमिले गर्दा पनि महिला हिंसा प्रति प्रोत्साहन हुदैछन। धेरै जसो ब्यक्तिहरु कुलतमा फस्ने,जस्तै मदिरा सेवन , लागू पदार्थ ,औशतमा लाग्ने मानिसहरु यस्ता हिंसा जन्य काममा सम्लग्न हुन्छन् ।
अनुशासनको सिमा नाघ्नाले, कुकर्ममा घरमा आफू भन्दा ठुलो व्यक्ति को आड भरोसा पाउनाले, छाडा छोड्नाले, अथवा अग्रज हरुले निगरानी नराख्नाले , बेरोजगार , गरिबी , सामाजिक संजाल मा देखिने छाडापन, बिकृती इत्यादिको कारण आफ्नो इच्छा पूरा गर्नलाइ कुप्रबृतिमा सम्लग्न हुने गरेको पाइन्छ।
न्यूनीकरणका उपाय
पहिले महिला हिंसा न्यूनीकरण हुन मानिसको मनस्थिति ,वा विचारमा परिवर्तन आउनुपर्छ अनि मात्र समाजमा हुने यस्ता जगन्य अपराधहरु आफै हराउँछ , र दोहोरीदैनन। महिला पुरुष लाई हेर्ने दृष्टिकोण समान हुनुपर्छ, सामाजिक एबम बिकासका क्रियाकलाप हरुमा महिलालाई पुरुष सरह सहभागिता गराउने, श्रोत र साधनको को पहुँचमा उपयोग गर्न दिने, महिलाको क्षमताको कदर गर्ने र महिला श-शक्तीकरणका कार्यक्रमहरु सन्चालन गर्ने, महिलालाइ उधमशिल बनाउने , जनचेतना जगाउने , इत्यादी कुरामा ध्यान दिनुपर्छ । देश को तर्फबाट यस्ता अपराधीलाई कानुन अनुसार कडा भन्दा कडा सजायको कसुर तयार गर्ने मदिरा , लागुपदार्थको बेचबिखनमा प्रतिबन्ध लागाउने, सबै मानिस लाई सम्मान स्वरुप व्यबहार गर्ने, वैदेशिक रोजगारको अन्त्य गरी देशमा नै युवा हरुलाइ उद्धमशिल बनाउने वातावरण सिर्जना गर्ने अनुशासनको दायरामा राख्ने , मौलिक हक र कर्तव्य को सहि पालना गर्ने, र पीडित वर्गलाइ सफा , निश्चल , र कर्तब्यनिष्ठा भएर न्याय प्रदान दिने गरिए मात्र आदर्श समाजको निर्माण गरि एउटा विकशित देश प्रती लम्कनु सकिन्छ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।