add

निषेधाज्ञा उल्लंघन गर्दै रातो मच्छिन्द्रनाथको रथ तान्‍न थालियो






ActPro Nepal

|

१८ भदौ, २०७७

|
735

काठमाडौं । उपत्यकामा निषेधाज्ञाकै बीच  वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको  रथ तान्‍न शुरु  गरिएको छ ।

बिहीबार बिहान साढे ९ बजेतिर भेला भएका युवाहरुले ललितपुरको पुल्चोकमा रथ तान्‍न शुरु गरेपछि सरोकारवालालाई नै अलमलमा परेका छन् । रथ तान्नकालागि सर्वसाधारणहरुको पनि उल्लेख्य सहभागिता रहेको थियो

युवाहरुले असोज २ गतेदेखि मलमास सुरु हुने र रथयात्रा अनिश्चित हुने भन्दै जनस्वास्थ्यको मापदण्ड पालना गर्दै रथयात्रा गर्न माग गर्दै प्ले कार्ड सहितको  प्रदर्शन समेत गरेका छन् ।

कोरोना संक्रमण नफैलियोस् भनेर भदौ २४ गतेसम्मका लागि उपत्यका ९काठमाडौं, भक्तपुर र ललितपुर० मा निषेधाज्ञा जारी गरिएको छ ।

सर्वसाधारणको भिड नहोस् र संक्रमण नफेलियोस् भनेर तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको छलफलले हिजो ९बुधबार० मात्रै भदौ २४ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो ।

तर रथयात्राको  विषयमा न त गुठी संस्थानले कुनै निर्णय गरेको छ न त सरोकारवाला निकायलाई नै यसबारे जानकारी छ ।

गत असार १० गतेदेखि निर्माण सुरु भएको रथमा मत्स्येन्द्रनाथको मूर्ति रथारोहण गरिसकिएको छ । तर कोरोना संक्रमणको जोखिमका कारण अहिलेसम्म रथयात्रा हुन सकेको छैन ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.