आजको पञ्चाङ्ग
वि.सं.२०७७ साल भाद्र १५ गते । सोमबार । ईश्वी सन् २०२० अगष्ट ३१ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । भाद्र शुक्लपक्ष । तिथि–त्रयोदशी,०७ घडी २० पला,बिहान ०८ बजेर ३८ मिनेट उप्रान्त चतुर्दशी । नक्षत्र–श्रवण,१५ घडी ३१ पला,दिउसो ०३ बजेर ५५ मिनेट उप्रान्त धनिष्ठा । योग– शोभन,२३ घडी ५५ पला,दिउसो ०३ बजेर १६ मिनेट उप्रान्त अतिगण्ड । करण– तैतिल,बिहान ०८ बजेर ३८ मिनेट उप्रान्त गर,बेलुकी ०८ बजेर ४२ मिनेट उप्रान्त वणिज । आनन्दादिमा–सिद्धि योग । चन्द्रराशि–मकर । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ४२ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर २३ मिनेट । दिनमान ३१ घडी ४३ पला । धनिष्ठा पञ्चक आरम्भ ।
आजको राशिफल
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
समाजको नेतृत्व बहन गर्नुपर्ने समय भएकाले सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान प्राप्त हुनेछ । साथी तथा आफन्तसँग भेटघाट हुने तथा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । जग्गा जमिनको कारोबारबाट केही मात्रामा फाइदा लिन सकिने छ । रोकिएका सरकारी काम सुल्झाउने राम्रो समय छ भने प्रयत्न गर्दा पद प्राप्तीको गतिलो योग रहेकोछ । स्वास्थ्य सबल रहने हुनाले व्यवसायिक क्षेत्र र कृषि क्षेत्रमा समय लगानि गरि आम्दानी बढाउन सकिनेछ ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
धार्मिक र सामाजिक काममा समय व्यातित हुँदा मन प्रशन्न हुनेछ । अध्ययनमा मन जाने तथा दार्शनिक विषयवस्तुमा मन केन्द्रित हुनेछ । व्यावसायमा समय लगानि गरि लाभ लिन सकिनेछ भने लगानीका क्रममा जान्ने बुझ्ने र अनुभवीहरुको राय लिनु राम्रो हुनेछ । खानपिनका परिकार प्राप्त हुने तथा परिवारका साथ रमाईलो वातावरणमा दिन व्यातित गर्न सकिनेछ । छोटो दुरिको यात्राको तय गर्न सकिने तथा घर फिताको साईत जुर्नेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
बोल्दा ध्यान दिनुहोला,बोलीको विपरीत अर्थ लाग्न सक्छ । शरीर भारि र मन अस्थिर रहने हुनाले काम गर्न मन लाग्ने छैन । शरिरमा आलस्य र थकानको अनुभूति हुनेछ । बाटो काट्दा वा सवारी साधनको प्रयोग गर्दा सचेत हुनुहोला । धनमाल हराउने वा भौतिक सम्पती गुम्न सक्ने सम्भावना रहेकोछ । परिवारका सदस्य वा नजिकका साथीले तपाईँलाई सहयोग गर्ने छैनन् ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
माया प्रेममा एका अर्कालाई अबिश्वास गर्नाले मनमुटाव बढ्नेछ । खानपानमा ध्यान नदिए स्वास्थ्य सम्बन्धी समस्या बढ्ने तथा दैनिक काम प्रभावित हुनेछन् । व्यावसायिक यात्रा हुने भएपनि यात्राका क्रममा बिभिन्न बाधा तथा अवरोधहरुको सामना गर्नुपर्नेछ । साझेदारि व्यावसायमा साझेदार बीच मनमुटाव बढ्नेछ भने घर परिवारमा आफन्तसँग राय बाजिनेछ । पढाइ लेखाइमा ध्यान नजादा अरुभन्दा पछि परिनेछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
दैनिक कारोबारले गति लिने तथा आर्थिक रुपमा सबल हुने समय रहेकोछ । तपाईँको कुरा काट्नेहरु आफै किनारा लाग्नेछन् । लामो समयदेखि रोकिएर बसेका कामहरु बन्ने तथा न्यायिक निर्णयहरु तपाईँकै पक्षमा आउनेछन् । ऋण,रोगबाट मुक्ति मिल्ने हुनाले मन प्रशन्न हुनेछ । आफन्त तथा मावली पक्षको आशिर्वादले काम गर्न जोस जागर बढेर आउनेछ । अध्ययनमा मन जाने तथा श्रमको उचित मुल्याङकन हुनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
सन्ततिका क्रियाकलापमा मन प्रशन्न रहनेछ भने वंश बृद्धिको गतिलो योग रहेकोछ । जानकार व्यक्ति वा गुरुजनको सहयोगले आत्मबल बढ्ने तथा छोराछोरीको स्वास्थ्य एवं पढाइप्रति जिम्मेवारी बोध हुनेछ । बन्दव्यापारबाट प्रशस्त लाभ हुनेछ भने दैनिक उपभोग्य सामानको कारोबारबाट नाँफा कमाउन सकिनेछ । पठनपाठन र चिन्तनमननमा ध्यान केन्द्रित हुनेछ । भौतिक सम्पती तथा विलाशी सामान उपाहारको रुपमा प्राप्त हुने योग रहेकोछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
कामधन्दा र प्रयासमा ढिलो गरी सफलता पाईने योग रहेकोछ । घरगृहस्थीमा समय खर्चिदा आफन्त तथा परिवारका सदस्य खुसि हुनेछन् । आकस्मिक रूपमा स्वास्थ्यमा समस्या आई खर्च बढ्न सक्छ ध्यान दिनुहोला । डुबेको धन उकास्न दौडधूप गर्नुपर्दा मन खिन्न हुनेछ । राजनीति तथा सामाजिक काममा मन जाने भएपनि जनताको लालोचना हुनेछ ।
बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)
राजनीतिक र सामाजिक प्रतिष्ठा कायम राख्न सकिने हुनाले मान सम्मानमा वृद्धि हुनेछ । बन्धुबान्धव र दाजुभाइको सहयोग लिएर राम्रा तथा उत्पादनमुखि काम गर्न सकिनेछ । व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । वैदेशिक सामानको व्यापार, कृषिव्यवसाय र नोकरी गर्नेका लागि सन्तोषजनक समय रहनेछ । आफ्नो भन्दापनि अरुको भलाइका लागि दौडधूप गर्नु पर्नेछ । छोटो दुरिको यात्राको प्रशस्त सम्भावना रहेकोछ छ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
वित्तीय क्षेत्र र व्यापारिक लगानीका सानातिना फुटकर कामका लागि राम्रो उत्तम रहेकोछ । दैनिक आम्दानीका मार्गहरु सामान्य बृद्धि हुनेछ । ठुला लगानी गरेर गरिने कामको लागि अहिलेको समय सकारात्मक देखिंदैन । सामाजिक काम बिग्रने हुँदा मानप्रतिष्ठा र ख्यातिमा आँच आउने सम्भावना छ । घुमघाम र भेटघाट नगर्नु नै उचित हुनेछ समय मध्ययम रहेकोछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
व्यापार व्यावसाय वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । धार्मिक र सामाजिक काममा मन जाने तथा समाजमा राम्रा काम गरि नाम तथा दाम दुवै कमाउन सकिनेछ । घरपरिवार तथा आफन्तबाट साथ सहयोग प्राप्त हुनेछ । समयले साथ दिने हुनाले राम्रा अवसरहरू प्राप्त हुनेछन् । स्वास्थ्य अनुकूल हुनाले अध्ययन भनेजस्तो प्रगति गर्न सकिनेछ । मित्र, परिवार र सहयोगीले साथ दिनेछन् । लाभदायक परिणाम प्राप्त हुने क्षेत्रमा रुपैया पैसा लगानि गर्न सकिनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
समय मध्ययम रहेकोले सानातिना सरसामान हराउन सक्ने वा चोरी हुने योग रहेकोछ । दूरदराजबाट प्रसन्नता र खुसीको समाचार आउन सक्छ । परोपकारका क्षेत्रमा काम गर्न मन लाग्नेछ भने खर्च पनि बढ्ने योग रहेकोछ । रकमको कारोबार र लेनदेनमा विवाद आउने सम्भावना छ । ठूलो योजनहरु केहि समयको लागि थाति राख्नु नै उचित हुनेछ । काम वा अध्ययनको सवालमा विदेशी भूमिमा हुनुहुन्छ भने समयले साथ दिनेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
आत्मविश्वास र पराक्रममा वृद्धि हुनाले राम्र काम गर्न सकिनेछ । कलकारखाना र बन्दव्यापारबाट मनग्गे फाइदा लिन सकिनेछ । शत्रुलाई परास्त गर्न सकिनेछ भने प्रतिस्पर्धीहरुले साथ दिनेछन् । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत नोकरी गर्नेले मानसम्मान पाउनेछन् । लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिदैन ।
तपाईँको दिन शुभ रहोस् ।
ज्यो.डिपी उपाध्याय ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।