add

अक्सफोर्डको खोप अबको ४२ दिनपछि बजारमा आउने !






ActPro Nepal

|

१४ भदौ, २०७७

|
555

एजेन्सी । विश्वभरका मानिसहरू अक्सफोर्ड युनिभर्सिटी युकेले उत्पादन गरेको कोरोना भाइरस खोपमा आश गरिरहेका छन् । अक्सफोर्ड भ्याक्सिन परीक्षण अन्तिम चरणमा छ । एक्सप्रेस.कोडटकममा प्रकाशित रिपोर्टका अनुसार सबैभन्दा राम्रो अवस्थामा अक्सफोर्ड खोप अबको ४२ दिनमा मात्र तयार हुन सक्ने बताएका छन  ।

एक्सप्रेसमा प्रकाशित रिपोर्टका अनुसार बेलायतका एक सरकारी स्रोतले आइतबार अक्सफोर्ड युनिभर्सिटी र इम्पीरियल कलेज लन्डनका वैज्ञानिकहरुले खोप तयारीको नजिक पुगेको बताएका छन् ।

वैज्ञानिकहरूले ग्रिन सिग्नल दिएपछि बेलायतका मानिसहरूले एकदम छोटो समयमा खोप लिन थाल्नेछन । यद्यपि बेलायतका मन्त्रीहरूले अझै पनि सार्वजनिक रुपमा कुरा भन्न गाह्रो भइरहेको छ र अन्य अवस्थाको लागि पनि तयारी गरिरहेका छन् ।

आइतबार एक्सप्रेसले सार्वजनि गरेको रिपोर्टका अनुसार सबैभन्दा राम्रो केसमा (उत्तम अवस्थाको परिदृश्य) खोप अनुसन्धान ६ हप्तामा पूरा गर्न सकिन्छ । यदि यस्तो भयो भने यो गेम चेन्जर हुनसक्छ ।अक्सफोर्ड र इम्पीरियल कलेजका वैज्ञानिकहरू खोप विकासको नजिक आएको बताइरहेका छन ।

 बेलायतको भ्याक्सिन टास्कफोर्सका प्रमुख केट बिंघमले भनिन्, ‘खोपका बारे सतर्क र आशावादी छु । यो महत्वपूर्ण छ कि हामीले काम गरिरहनुपर्दछ र हडबडमा मनाउन कोसिस नगर्नू । आशावादी छौं यो खोप परीक्षणको नतीजा क्रिसमस भन्दा पहिले आउनेछ ।’


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.