काठमाडौं । कोरोना भाइरसका कारण अहिलेसम्मकै धेरै संख्यामा मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त्ता डा. जागेश्वर गौतमले थप १४ जनाको कोरोनाका कारण मृत्यु भएको पुष्टि गरेका हुन् । कोरोनाबाट मृत्यु भएको यो संख्या अहिलेसम्म कै धेरै हो ।
प्रवक्क्ता गौतमका अनुसार मृत्यु हुनेमा ४ जना महिला र १० जना पुरुष रहेका छन् ।
योसंगै नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या २२१ पुगेको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।