add

कोरोना परीक्षणको शुल्क घट्यो






ActPro Nepal

|

१४ भदौ, २०७७

|
711

काठमाडौं । नेपालमा कोरोना भाइरसको पीसीआर परीक्षणको शुल्क घटेको छ। आइतबारबाटै लागू हुनेगरी कोरोना परीक्षणको शुल्क घटाएर अधिकतम ४ हजार ४ सय रुपैयाँ कायम गरिएको हो ।

मन्त्रालयको निर्णयबारे जानकारी दिँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह(प्रवक्ता डा। समिरकुमार अधिकारीले अब ४४ सयमा पीसीआर परीक्षण गराउन सकिने जानकारी दिए । उनले भने, ‘अब कुनै पनि संस्थाले सेवा शुल्कसहित ४ हजार ४ सय रुपैयाँ मात्रै लिन पाउने छन् । ुसबै शुल्क जोडेर अधिकतम ४४०० सय रुपैयाँ हो । त्यो भन्दा बढी एक रुपैयाँ पनि लिन पाइँदैन ।’

यसअघि सरकारले ५५ सय रुपैयाँसम्म लिन पाउने व्यवस्था गरेको थियो।  सँगै सरकारले लक्षण देखिएका व्यक्तिको मात्र कोरोना परीक्षण निःशुल्क गर्ने भएको छ। लक्षण नदेखिएका व्यक्तिले भने सरकारले अनुमति दिएका अस्पतालमा गएर शुल्क तिरेर परीक्षण गराउनु पर्नेछ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.