add

देशभर ७१ जना पत्रकारमा कोरोना सङ्क्रमण, कुन प्रदेशमा कति पत्रकार संक्रमित ?






ActPro Nepal

|

१३ भदौ, २०७७

|
576

काठमाडौं । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी जस्तै सञ्चारकर्मीहरु पनि कोरोना संक्रमणको उच्च खोजिममा रहेका छन् । नेपालमा शुक्रबारसम्म ७१ जना सञ्चारकर्मीहरुमा कोरोना संक्रमण पुष्टि भएको छ ।


नेपाल पत्रकार महासङ्घले अहिलेसम्म देशभर ७१ जना पत्रकारमा कोभिड १९ भाइरस सङ्क्रमण भएको बताएको छ । शुक्रबार विज्ञप्ति जारी गर्दै महासङ्घले सो जानकारी गराएको हो ।

नेपाल पत्रकार महासंघका अनुसार सुदूरपश्चिमबाहेक बाँकी ६ प्रदेशमा पत्रकार पनि कोरोना संक्रमित भएका छन् । तर, सञ्चारकर्मीहरुले अन्यकर्मीहरु कोरोना संक्रमणको अवस्थामा पाउने सुविधाबाट बञ्चित भइरहेका छन् । खासगरी फिल्डमा गएर रिपाेर्टिङ गर्ने टेलिभिजन, रेडियाे, अनलाइनका सञ्चारकर्मीहरू उच्च जाेखिममा छन् ।

प्रदेश १ मा १३ जना सञ्चारकर्मी कोरोना संक्रमित भएका छन् । जसमा मोरङका १२ र उदयपुरका १ जना रहेका छन् ।

प्रदेश २ मा २७ जना सञ्चारकर्मी संक्रमित भएका छन् । जस अनुसार पर्साका १३, बाराका ४, धनुषाका २, सप्तरीका ३, सर्लाहीका ३, महोत्तरीका १ र रौतहटका १ जना रहेका छन् ।

यता बागमती प्रदेशमा ११ जना सञ्चारकर्मी संक्रमित भएका छन् । काठमाडौंका ९ र ललितपुरका २ जना रहेका छन् ।

गण्डकी प्रदेशमा कास्कीका १ र नवलपुरका ७ गरी ८ जना संक्रमित भएका छन् । प्रदेश ५ मा बाँकेका २, बर्दियाका १, कपिलवस्तुका ६ र रुपन्देहीका २ गरी ११ जना संक्रमित भएका छन् ।

कर्णालीकी दैलेख जिल्लामा १ जना सञ्चारकर्मी संक्रमित भएका छन् ।

नेपाल पत्रकार महासंघले शुक्रबार विज्ञप्ति निकालेर संक्रमणको उच्च जोखिमका बीच फिल्डमा खटिने सञ्चारकर्मीहरुको निःशुल्क पीसीआर परीक्षणको व्यवस्थाका साथै संक्रमित सबै पत्रकारहरुको उपचारको उचित व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।

महामारीको विषम परिस्थितिमा आफ्नो पेशागत धर्म निर्वाहका क्रममा संवेदनशील भई पूर्वसतर्कताका सम्पूर्ण स्वास्थ्य सुरक्षाका उपाय अवलम्बन गर्दै स्वास्थ सुरक्षालाई उच्च प्राथमिकतामा राखेर काम गर्न महासंघले पत्रकारहरुलाई अपिल गरेको छ ।

अन्य कर्मीहरुले राज्यबाट आधारभूत स्वास्थ्य सेवा तथा सुविधाहरु उपभोग गरिरहेको अवस्थामा सञ्चारकर्मीहरु भने आफ्नो तलब सुविधाबाट समेत बञ्चित भइरहेका छन् । कोरोना संक्रमणको पाँचौ महिनासम्म सयौं सञ्चारकर्मीहरु कामबाट निकालिएका छन् ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.