काठमाडौं । नेपाल आइडल सिजन–३ को उपाधि सज्जा चौलागाईले जितेकी छन्।
शुक्रबार भएको फाइनलमा अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले नतिजा घोषणा गरेका हुन्।
चौलागाईले पुरस्कार स्वरुप नगद ५० लाख प्राप्त गरेकी छन्।
दर्शकले गरेका भोटका आधारमा सज्जाले नेपाल आइडल तेश्रो संस्करणको विजेता भएकी हुन् ।
एपी वान एचडीबाट प्रसारण हुँदै आएको नेपाल आइडलको पहिलो र दोश्रो संस्करण सफल भइसकेका छन् भने कोरोना महामारीकाबीच रुमलिएको तेश्रो संस्करण पनि निकै चर्चामा रहेको थियो ।
नेपाल आइडल बन्ने सपनासहित आएका हजारौं प्रतिष्पर्धीहरुलाई पाँखा लगाउदै सज्जा चौलागाईँले तेस्रो नेपाल आइडलको ताज पहिरिएकी हुन् ।
त्यस्तै, किरण भुजेल फर्स्ट रनरअप र प्रविण वेदवाल सेकेन्ड रनरअप भएका छन् ।
नेपाल आइडलको गत बिहीवारको संस्करणपछि फाइनल चरणमा प्रवेश गरेको थियो । अन्तिम ४ मा सिमित रहँदै चितवनका केबिन ग्लान तामाङ्ग अन्तिम चारबाट आफ्नो नेपाल आइडलको यात्रा टुङ्गाएसँगै अब आइडल फाइनलमा प्रवेश गरेको थियो ।
पहिलो नेपाल आइडलको विजेता पोखराका बुद्ध लामा भएका थिए भने दोस्रो नेपाल आइडल रवि ओड भएका थिए। बुद्ध पहिलो नेपाल आइडल बन्दा निशान भट्टराई र प्रताप दास दोश्रो र तेश्रो बन्न सफल भएका थिए ।
नेपाल आइडलमा प्रथम, दोश्रो र तेश्रो स्थान प्रप्त गर्न सफलले देश विदेशका विभिन्न मञ्चमा प्रस्तुति दिँदै ख्याति कमाएका छन् ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।