काठमाडौं । सरकारले एकै पटक ६० जना सहसचिव र प्रदेश सचिवको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको भदौ ९ गतेकाे निर्णयले संघ र प्रदेशका विभिन्न मन्त्रालयका सहसचिवको सरुवा गरको हो ।
संघीय निजामती सेवाको दरबन्दी कायम रहेका प्रदेश मातहतका विभिन्न मन्त्रालय र संघीय मन्त्रालय तथा कार्यालयहरुमा कामकाज खटाइएको मन्त्रालय जनाएको छ ।
संघमा कार्यरत विभिन्न मन्त्रालय तथा निकायका सह सचिवलाई प्रदेशका मन्त्रालयमा सरुवा गरिएको छ, भने विभिन्न प्रदेशका प्रदेश सचिवहरुलाई संघको मन्त्रालयमा सरुवा गरिएको छ ।
जसमा अर्थमन्त्रालयमा ३ जनाको सरुवा भएको छ भने २ सह सचिव भित्रिएका छन् । मन्त्रालयबाट प्रवक्ता उत्तरकुमार खत्री, अन्तराष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखा प्रमुख श्रीकृष्ण नेपाल र सह-महालेखा नियन्त्रक रमेश शिवाकोटीको सरुवा भएको हो ।
साथै बागमती प्रदेशका प्रदेश सचिव भगिरथ पाण्डेय र गृह मन्त्रालयका सहसचिव महेश आचार्यको सरुवा अर्थ मन्त्रालयमा भएको हो ।
जसमा मन्त्रालयका प्रवक्ता उत्तरकुमार खत्रीको सरुवा प्रदेश नम्बर १ मा भएको छ । खत्री प्रदेश नम्बर १ को आन्तरिक आर्थिक मामिला तथा योजना मन्त्रालयमा अर्थ सचिवमा सरुवा भएका हुन् ।
यस्तै, हाल अर्थमन्त्रालय अन्तर्गका अन्तराष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखा प्रमुख श्रीकृष्ण नेपाल सुदुर पश्चिम प्रदेश धनगढी सरुवा भएका छन् । उनी सुदुर पश्चिम प्रदेशको आन्तरिक आर्थिक मामिला तथा योजना मन्त्रालयमा सचिवमा काजमा खटिएका हुन् । साथै हाल सहमहा लेखा नियन्त्रक रमेश शिवाकोटीको सरुवा गृह मन्त्रालयमा भएको छ ।
कसको कहाँ सरुवा भयो सूचीः
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।