आजको पञ्चाङ्ग
वि.सं.२०७७ साल भाद्र १० गते । बुधबार । ईश्वी सन् २०२० अगष्ट २६ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । भाद्र शुक्लपक्ष । तिथि–अष्टमी,२१ घडी ४२ पला,दिउसो ०२ बजेर २१ मिनेट उप्रान्त नवमी । नक्षत्र–अनुराधा,२९ घडी ३५ पला,बेलुकी ०५ बजेर ३० मिनेट उप्रान्त ज्येष्ठा । योग–वैधृति,४७ घडी ०९ पला,रातको १२ बजेर ३२ मिनेट उप्रान्त विष्कुम्भ । करण–बव,दिउसो ०२ बजेर २१ मिनेट उप्रान्त बालव,रातको ०१ बजेर २१ मिनेट उप्रान्त कौलव । आनन्दादिमा–सौम्य योग । चन्द्रराशि–बृश्चिक । काठमाडौंमा सूर्योदय ०५ बजेर ४० मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर २९ मिनेट । दिनमान ३२ घडी ०२ पला । बुधाष्टमी व्रत। दुर्वाष्टमी। काय अष्टमी। गौरा पर्व। गोरखकाली पूजा। महालक्ष्मी व्रत प्रारम्भ। श्रीराधाजन्मोत्सव। कागेश्वर मेला। ललितपुरमा दशमहाविद्या पूजा। थकाली समुदायको फालो पर्व।
आजको राशिफल
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
व्यापार व्यावसायमा घाटा हुनेछ । सवारी साधन तथा अन्य बस्तुहरुको प्रयोग गर्दा ख्याल गर्नुहोला नराम्रा घट्नाहरु घट्न सक्छ । प्रेममा एक अर्कालाई अबिश्वास गर्दा मनमुटाव बढ्नेछ । पढाइ लेखाइमा समय दिन नसक्दा अरुभन्दा पछि परिने अधिक सम्भावना रहेकोछ । व्यावसायिक यात्रा भएपनि गन्तव्य पहिल्याउन हम्मे हम्मे पर्नेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य खराब हुन सक्छ ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
आफन्त तथा जीवनसाथीसँग असमज्दारि बढ्नाले केहि महत्वपुर्ण कामहरु रोकिन सक्छ ध्यान दिनुहोला । अन्य काममा व्यास्त हुँदा अध्ययन अध्यापन अधुरै रहनेछ । एकल तथा साझेदारि व्यापार व्यावसाय फस्टाएर जाने भएपनि साझेदारहरु बीच मनमुटाव बढ्ने योग रहेकोछ । माया प्रेममा आत्मियताको कमि हुने तथा मनमुटाव बढ्नेछ । सरसफाईमा ध्यान दिनुहोला ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
प्रयन्न गर्दा बिभिन्न अवसरहरु प्राप्त हुनेछ । न्यायिक निर्णयहरु तपाईँकै पक्षमा फैसला हुनेछन् ।माया प्रेममा एक अर्कालाई बिश्वास गर्नाले सम्बन्ध सुदृड हुनेछ । बिद्या तथा प्रतिस्पर्धामा तपाईँको नाम अग्र स्थानमा आउनेछ । आफन्त तथा मावली पक्षबाट समयोग प्राप्त हुनेछ । तरपनि स्वास्थ्यमा समस्या देखिन सक्छ सरसफाईमा विशेष ध्यान दिनुहोला ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
अध्ययन अध्यापनको क्षेत्रमा भनेजस्तो प्रगति हुनाले आफन्त तथा गुरुवर्गहरु खुसि हुनेछन् । आकस्मिक धन तथा मानव निर्मित भौतिक सम्पति लाभ हुने योग रहेकोछ । सन्तान तथा आफन्तहरुले तपाईले शुरु गरेको व्यापार व्यावसायमा साथ तथा समर्थन दिनेछन् । माया प्रेममा रमाउन चाहनेहरुका लागि आजको समय उत्तम रहेकोछ । तरपनि काम गर्दा सामाजिक दुरि कायम गर्नुहोला ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
आफन्त वा आमा सरहका मानिससँग अलग्गिएर यात्रा गर्नु पर्दा मनमा खिन्नता पैदा हुनेछ । माया प्रेममा समान्य मनमुटाब बढेर जानेछ भने पति पत्नी बीचको सम्बन्धमा अबिश्वास पैदा हुनेछ । समाजसेवामा समय व्यातित हुनाले आफ्नो काम थाति रहनेछ । स्वास्थ्यमा समस्या आई लक्ष्य प्राप्तीमा विलम्ब हुनेछ । तरपनि कृषि तथा पशुपालनमा र बित्तिय क्षेत्रमा गरिएको लगानिबाट मनग्गे आम्दानि गर्न सकिनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
आफन्त तथा दाजुभाईहरुको सहयोगमा सामाजिक काम गर्न सकिनेछ । मनोबल मजभुत हुने हुनाले शाहशिलो काम गर्न सकिनेछ । मायाप्रेममा नजिकिने समय रहेकोछ भने जीवन साथिको सहयोगले नयाँ कामको थालनी गर्न सकिनेछ । पढाइ लेखाइमा सुधार भएर जानेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ । तरपनि स्वास्थ्य सम्वन्धी समस्या आउन सक्छ ध्यान दिनुहोला ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
आफ्ना समस्याहरु परिवार तथा आफन्तले बुझ्ने हुँदा काम गर्न सहज हुनेछ । थोरै बोलेर मनग्गे धन आर्जन गर्न सकिनेछ भने बोलिको प्रभाव बढ्ने हुँदा महत्वपूर्ण निर्णयहरु गर्न सकिनेछ । माया प्रेममा विश्वास बढ्नेछ भने जीवन साथिको सहयोगले नयाँ कामको थालनी गर्न सकिनेछ । तरपनि स्वास्थ्यमा समस्या देखिन सक्छ ध्यान दिनुहोला ।
बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)
सामाजिक काम गर्दा ध्यान दिनुहोला समयमा काम नसकिने तथा मान सम्मान तथा ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ । पढन पाढनमा ध्यान जाने छैन भने बिभिन्न अवसर आएपनि निर्णय क्षमताको अभावले अरुभन्दा पछि परिनेछ । व्यापार व्यावसाय खस्केर जाने हुनाले आम्दानिका स्रोतहरु साघुरिनेछन् । माया प्रेममा धोका तथा घरपरिवारमा आफन्तसँग घरायसि कुरामा राय बाजिनेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
न्यून पारिश्रमिकमा दिनभर व्यास्त हुनुपर्दा मन खिन्न हुनेछ । आर्थिक अभावले महत्वपुर्ण कामहरु थाति रहनेछन् । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धी समस्या बढ्ने तथा औषधी उपचार खर्च हुनेछ । अन्यकाममा सहभागि हुँदा पढाइ लेखाइ भने थाति रहनेछ । तरपनि बिदेशि भूमिमा बसेर श्रम गर्ने वा अध्ययन गर्नेहरुले मनग्गे रुपैया पैसा कमाउन सक्नेछन् ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
आम्दानिका बाटाहरु एक्कासि रोकिदा दैनिक काम प्रभावित हुनेछ । अनावस्यक ठाउँमा खर्च बढ्ने तथा उपलब्धि बिहिन काममा समय बित्नेछ । अल्छि गर्नाले पढाइ लेखाइ प्रभावित हुने तथा अरुभन्दा पछि परिनेछ । पैत्रिक धन सम्पति तथा प्राकृतिक स्रोत साधनको प्रयोग गर्दा ध्यान दिनुहोला अनाबस्यक विवाद हुन सक्छ । व्यापार व्यावसायमा लगानि गर्दै हुनुहुन्छ भने केहि समय पर्ख र हेरको रणनीति अपनाउनु होला । माया प्रेममा अविस्वास सिर्जना हुनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
व्यापार व्यावसायमा प्रसश्त आम्दानि गर्न सकिनेछ । साथिभाई तथा शुभचिन्तकहरुको साथ तथा समर्थन रहने हुनाले दैनिक कामहरु गर्न सहज हुनेछ । नयाँ काम पाउने तथा गरिरहेको काममा बढुवा हुने योग रहेको छ । सम्मानित काम गरि सबैको मन जित्न सकिनेछ । पारिवारिक माहोलमा भेला भई मिष्टान्न भोजन ग्रहण गर्न सकिनेछ । पढाइ लेखाइमा अरुलाई धेरै पछाडि छोड्न सकिनेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
धर्म,सस्कृति तथा आफ्नो रितिरिवाजको जगेर्ना गर्ने काममा समय खर्चनु पर्नेछ । पढाइ लेखाइमा फड्को मार्दै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । सामाजिक काम गरी पुरस्कृत हुने योग रहेकोछ । साथिभाई तथा आफन्तहरुको सहयोग पाइने हुनाले मन प्रशन्न रहनेछ । तरपनि वाहिरी वाताबरण तथा स्वास्थ्यको ख्याल गर्नुहोला ।
तपाईँको दिन शुभ रहोस् ।
ज्यो.डिपी उपाध्याय ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।