add

कांग्रेस सभापतिको कोरोना संक्रमणबाट कारण मृत्यु






ActPro Nepal

|

९ भदौ, २०७७

|
513

काठमाडौं। काठमाडौंको बलम्बुस्थित सशस्त्र प्रहरी बलको कोभिड विशेष अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु भएको छ।

मृत्यु हुनेमा काठमाडौं महानगरपालिका २१ का कांग्रेस सभापति गोविन्द रन्जित रहेका छन्। कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसेका रन्जितलाई पाँच दिन अघि अस्पताल लगिएको थियो। उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो। उनी मुटु रोगका बिरामी रहेका थिए।

ओमबहाल स्थायी घर भएका ६७ वर्षीय रन्जितको मंगलबार उपचारकाे क्रममा मृत्यु भएकाे अस्पतालले जनाएकाे छ। उनको छोरा र श्रीमतीमा पनि कोरोना संक्रमण पुष्टि भइसकेको छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.