add

रिलायन्स लाइफको ६३ करोडको आईपीओ भदौ ४ बाट, सर्वसाधारणका लागि ५६ लाख ७० हजार कित्ता






ActPro Nepal

|

२८ साउन, २०७७

|
590

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले भदौ ४ गतेबाट साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मुल्यमा ६३ करोड रुपैयाँ बराबरको ६३ लाख कित्ता आईपीओ बिक्री गर्न लागेको हो ।

निष्काशन गरिने कुल सेयरमध्ये ५ प्रतिशत अर्थात ३ लाख १५ हजार कित्ता सामूहिक लगानी कोषका लागि र अर्को ५ प्रतिशत कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ । सर्वसाधारणले बाँकी ५६ लाख ७० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताहरू न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ६३ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । सर्वसाधारणले इन्स्योरेन्स कम्पनीको आईपीओमा भदौ ८ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिसम्ममा सम्पूर्ण सेयरको लागि आवेदन नपरेमा निष्काशन अवधि भदौ २२ गतेसम्म लम्बिने इन्स्योरेन्सले सूचित गरेको छ । 

नेपाल धितोपत्र बोर्डले कम्पनीलाई साउन १६ गते शुक्रबार आईपीओ निष्कासन अनुमति दिएको हो । कम्पनीले कुल चुक्ता पुँजीको ३० प्रतिशत आईपीओ जारी गर्न लागेको हो । कम्पनीले २०७७ असार ९ गते आईपीओ निष्कासन अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको थियो । कम्पनीको आईपीओ निष्कासनको लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ । लगानीर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट सि–आस्बा अनुमति पाएका बैंक तथा वित्तीय संस्था तथा तिनका शाखा कार्यालयको साथै मेरो सेयर सफ्टवेयरबाट पनि आवेदन दिन सक्नेछन् । कम्पनीले आईपीओ निष्कासनको लागि गराएको रेटिङमा इक्रा नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय अवस्था औसत रहेको जनाउँछ । हाल १ अर्ब ४७ करोड चुक्ता पुँजी रहेको कम्पनीको आईपीओ निष्कासन पछि चुक्ता पुँजी २ अर्ब १० करोड पुग्नेछ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.