add

एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टको आईपीओ बाँडफाँड






ActPro Nepal

|

२७ साउन, २०७७

|
574

काठमाडौं । गैरआवासीय नेपालीहरुद्धारा प्रवद्रधित एनआरएन इन्फास्टट्रक्चर एण्ड डेभलेपमेन्ट लिमिटेडले निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ ।

बिक्रि प्रबन्धक सानिमा क्यापिटलले मंगलबार बिहान आईपिओ बाँडफाँड गरेको हो । कम्पनीले साउन १६ गतेबाट १०० रुपैयाँ अंकित मूल्यमा ३३ लाख ६० हजार ४६ कित्ता साधारण सेयर आईपीओ बिक्री खुला गरेको थियो ।

त्यसमा ५ प्रतिशत अर्थात् एक लाख ६५ हजार ५०२ कित्ता सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात् ६७ हजार ९६१ कित्ता कर्मचारीको लागि सुरक्षित गरेको थियो ।

कम्पनीको आईपीओमा कुल ४ लाख १८ हजार ९१८ आवेदकले आवेदन दिएका थिए । जसमध्ये ९६० वटा आवेदन रद्द भएको थियो भने ४ लाख १७ हजार ९५८ आवेदन सदर भएको थियो ।

कम्पनीको आइपीओमा आवेदन गर्ने ३ लाख २० हजार ६१४ जना आवेदकले गोला प्रथाबाट १० कित्ताको दरले सेयर हात पारेका छन् भने ९७ हजार ३४४ जना आवेदकले खालीहात भएका छन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.