add

स्टक डिलर सञ्चालनको बाटो खुल्यो, यस्ता कम्पनीको मात्र सेयर किन्न पाउने






ActPro Nepal

|

२७ साउन, २०७७

|
765

काठमाडौं ।  नेपाल स्टक एकसचेञ्‍ज (नेप्से) ले स्टक डिलर (धितोपत्र व्यापारी) कार्य सञ्‍चालनसम्बन्धी कार्यविधि जारी गरेको छ । 

नेप्सेको सञ्चालक समितिको बैठकले ‘धितोपत्र व्यापारी(स्टक डिलर)  कार्य सञ्चालन कार्यविधि, २०७७’ स्वीकृत गरी भदौ १ गतेदेखि लागू हुने निर्णय गरेको हो । 

कार्यविधि अनुसार स्टक डिलरले १ हजार कित्ताभन्दा कम सेयर कारोबार गर्न पाउने छैन भने चुक्ता पूँजीका आधारमा एकपटकमा १० हजारदेखि अधिकतम ५० हजार कित्तासम्म सेयर किनबेच गर्न पाउने छन् ।

नेप्सेले जारी गरेको कार्यविधि अनुसार स्टक डिलर कम्पनीले जुन पायो त्यही अर्थात् नेप्सेमा सूचीकृत सबै कम्पनीको सेयर किन्न नपाउने भएको छ ।

कार्यविधि अनुसार स्टक डिलरले विगत ३ वर्षदेखि नाफामा रहेको, लगानीकर्ताहरूको संख्या कम्तीमा १० हजार रहेको, चुक्ता पूँजी २० करोड रुपैयाँ भन्दा बढी भएको र विगत एक वर्षको कारोबार दिन मध्ये कम्तीमा ८० प्रतिशत दिनमा कारोबार भएको हुनु पर्नेछ ।

यस्तै, डिलरहरुले २० करोडभन्दा कम पूँजी भएका कम्पनीमा लगानी गर्न नपाउने व्यवस्था गरेको छ । यो व्यवस्था अनुसार हाल बजारमा सूचीकृत ५३ मध्ये १८ लघुवित्त कम्पनीमा स्टक डिलरले लगानी गर्न पाउने छैनन् ।

स्टक डिलरले धिोपत्र बोर्डले तोकेका बाहेक अन्य कम्पनीको सेयर कारोबार गर्न पाउने छैनन् ।

अधिकतम ५० हजार कित्तासम्म सेयर किन्न पाउने

स्टक डिलरले १ हजार कित्ताभन्दा कम सेयर कारोबार गर्न पाउने छैन भने चुक्ता पूँजीका आधारमा एकपटकमा १० हजारदेखि अधिकतम ५० हजार कित्तासम्म सेयर किनबेच गर्न पाउने छन् ।

जस अनुसार ८ अर्ब रुपैयाँ वा सोभन्दा बढी चुक्ता पूँजी भएका कम्पनीहरूको ५० हजार कित्तासम्म सेयर खरीद पाउने व्यवस्था गरिएको छ ।

यस्तै ५ अर्बदेखि ८ अर्ब रुपैयाँभन्दा कम चुक्ता पूँजी भएको कम्पनीको ४० हजार, २ देखि ५ अर्ब रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको ३० हजार, १ अर्ब रुपैयाँदेखि २ अर्ब रुपैयाँसम्म चुक्ता पूँजी भएको कम्पनीको २५ हजार, ५० करोडदेखि १ अर्ब रुपैयाँसम्म चुक्ता पूँजी भएका कम्पनीको २० हजार कित्ता सेयर किनबेच गर्न पाउने छन् ।

यस्तै, २० करोड रुपैयाँभन्दा बढी र ५० करोडभन्दा कम चुक्ता पूँजी भएको कम्पनीको १० हजार कित्तासम्म मात्र सेयर खरीद गर्न पाउने व्यवस्था गरिएको छ ।

स्टक डिलर कम्पनीले दैनिक रुपमा आफ्नो नेटवर्थको ६० प्रतिशतभन्दा धेरै रकमको सेयर किनबेच गर्न नपाउने भएका छन् ।

धितोपत्र व्यापारीले सूचीकृत धितोपत्रको कारोबार गर्न गराउन नेप्सेमा कम्तीमा ५० लाख नगद वा बैंक ग्यारेन्टी राख्नुपर्ने व्यवस्था छ । यस्तो धरौटी हिसाब राफसाफ तथा फछ्र्यौट गर्न पाइने छैन ।

धितोपत्र व्यापारीले धरौटी राखेको रकमबाट २५ गुणासम्मको सीमाभित्र रही कारोबार गर्न पाउने व्यवस्था कार्यविधिले गरेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.