add

यसै वर्षदेखि धितोपत्र कारोबार राफसाफ 'टि प्लस टु' मा हुने






ActPro Nepal

|

४ साउन, २०७७

|
925

काठमाडौं । नेपाल धितोपत्र बोर्डले यसै आर्थिक वर्षदेखि सेयर कारोबारमा ‘टि प्लस टु’को व्यवस्था कार्यान्वयनमा ल्याउने भएको छ । 

बोर्डले चालु आर्थिक वर्ष २०७७/७८ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै बोर्डका अध्यक्ष भिष्म ढुंगानाले उक्त जानाकारी गराएका हुन् । अहिलेसम्म ‘टी प्लस ३’ को व्यवस्था रहेको छ । अर्थात हालसम्म सेयर किनेको तेश्रो दिन बेच्नेका खातामा पैसा र किन्नेको खातामा सेयर आउने व्यवस्था छ । अब भने सेयर किनेबेच गरेको २ दिनभित्रै बेच्नेले पैसा र किन्नेले सेयर पाईसक्नेछन् ।

त्यस्तै बोर्डले चालु आर्थिक वर्षमा प्राइभेट इक्वटी फण्ड र भेन्चर क्यापिटल संचालन अनुमति दिने भएको छ ।

धितोपत्र बोर्डले चालु आर्थिक वर्षमा वस्तु विनिमय बजार सञ्चालनका लागि कम्पनी स्थापना गर्न र वस्तु कारोबार व्यवसायीहरुलाई अनुमति दिन लागेको हो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.