काठमाडौं । सिडीएअस एण्ड क्लियारिङ लिमिटेडले प्रमुख कार्यकारी अधिकृतको लागि दरखास्त आह्वान गरेको छ ।
रिक्त भएको ९ महिनापछि सिडिएससीले प्रमुख कार्यकारी नियुक्तीका लागि मंगलबार एक सूचना प्रकासित गरी योग्य उम्मेदवारलाई १५ दिनभित्र आवेदन गर्न भनेको छ।
गत मंसिरदेखि सिडिएससि प्रमुखविहीन छ। यस अघिका प्रमुख कार्यकारी अधिकृत देव प्रकाश गुप्ताको कार्यकाल सकिएपछि उक्त पद खालि रहेको थियो। गुप्ताको कार्यकाल कार्तिक १५ मै सकिएको भएपनि संचालक समितिले एक महिना समय थप गरेको थियो, उक्त थपिएको समय सकिएपछि गुप्ताले राजीनामा दिएका थिए।
केन्द्रीय निक्षेप सेवा नियमावली २०६७ को नियम १८ ले तोकेको योग्यता अनुसार प्रमुख कार्यकारी पदका लागि अर्थशास्त्र, वाणिज्य शास्त्र, वित्त, लेखा, व्यवस्थापन वा वाणिज्य कानुन बिषयमा मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा स्नातकोत्तर वा चार्टर्ड एकाउन्टेन्सी वा सो सरहको उपाधी हासिल गरेको व्यक्ति, पूँजी बजार वा उद्योग वा वाणिज्य वा वित्त वा लेखा वा कानुन वा व्यवस्थापन क्षेत्रहरूमध्ये कुनै एक वा एकभन्दा बढी क्षेत्रमा कम्तीमा पाँच बर्षको अनुभव भएकाले आवेदन गर्न सक्नेछन् । यसमा आवेदन गर्नका लागि ३५ वर्ष पुरा भई ६० बर्ष ननाघेको हुनुपर्नेछ।
सिडिएससीको प्रमुख कार्यकारी अधिकृत छनौट गर्न नेपाल स्टक एक्सचेञ्जले पाँच सदस्यीय छनौट समिति गठन गरेको छ। आवेदकहरुमध्येबाट समितिले केही नामहरु सिडिएससी सञ्चालक समितिलाई सिफरिस गर्नेछ । उक्त सूचीबाट सिडिएससी सञ्चालक समितिले व्यवसासयिक कार्ययोजनाको प्रस्तुतिको आधारमा एक जनालाई प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्नेछ । प्रमुख कार्यकारीको पदावदी चारवर्षको हुनेछ ।
निवर्तमान प्रमुख कार्यकारी अधिकृत देव प्रकाश गुप्तालाई विदाई गरेसँगै कम्पनीकी उच्च तहकी कञ्चन सापकोटालाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको थियो।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को पूर्ण स्वामित्वमा रहेको यो संस्था सन २०१० मा संस्थापना भई २०११ मार्च ३१ तारेखबाट विधिवत रुपमा सञ्चालनमा आएको हो ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।