काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमको अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
आइतबारसम्म कोरोना संक्रमितको संख्या १३ हजार २४८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप १२१ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या ३ हजार १ सय ३४ पुगेको छ।
कुल संक्रमितमध्ये २९ जनाको मृत्यु भएको छ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।