काठमाडौं । आज असार १५ गते, राष्ट्रिय धान दिवस । आजको दिनलाई हामीले रोपाइँ महोत्सवका रूपमा पनि मनाउने गरेका छौंँ । किनभने धान हाम्रो मुख्य उत्पादन र मुख्य कृषि बाली हो ।
यो पटक सरकारले ‘धान उत्पादनमा वृद्धि, आत्मनिर्भरता र समृद्धि’ भन्ने नाराका साथ धान दिवस मनाइरहेको छ ।विस २०६१ सालदेखि असार १५ लाई राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवका रुपमा मनाउन थालिएको आइएको छ ।
कृषिमन्त्री घनश्याम भुसाल आज उदयपुरको बेलका नगरपालिकामा चक्लाबन्दी खेती सुरु गर्ने गरी धान रोपाइँमा सहभागी हुँदैछन् । त्रियुगा नगरपालिकाका विभिन्न कृषिका संघसंस्था तथा निकायले आयोजना गर्ने रोपाईं महोत्सवमा मन्त्री भुसाल सहभागी हुने कार्यक्रम रहेको छ ।
यस्तै नेपालको सन्दर्भमा जतिऔँ धान दिवस वा महत्सव मनाइए पनि अहिलेसम्म धान आयातलाई विस्तापित गर्न सकिएको छैन । नेपालमा मासिक २ अर्ब रुपैयाँको हाराहारीमा चामल आयात हुने गरेको छ ।
भन्सार विभागका तथ्यांक अनुसार गत आर्थिक वर्षमा २८ अर्ब रुपैयाँ बराबरको चामल आयात भएको थियो । चालू आवमा भने कोरोना भाइरसका कारण नाका बन्द हुँदा आयात घटेको देखिन्छ । चालू आवमा हालसम्म १९ अर्ब रुपैयाँको चामल आयात भइसकेकेको भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।
नेपालमा बर्खे धान र चैते धान भन्ने दुई जातिका धान रोपिने गर्छ । जुन चैते धान विशेष गरी तराई क्षेत्रमा रोपिने गर्छ । बर्खे धान पहाडी क्षेत्रमा धेरै रोपिन्छ ।
नेपालमा मोटो धान बढि रोपिन्छ भने मसिनो धान थोरै मात्रामा रोपिने गर्छ । नयाँ उन्नत जातका धानको बीउको कमि हुँदा उत्पादन फस्टाउन सकेको छैन । सरकारले मसिनो धान उत्पादन तथा क्षेत्र विस्तारमा जोड दिन सकेको छैन ।
वर्षेनी कृषि जमिन घट्दै गइरहेको छ । घट्दै गएको कृषि जमिनमा धान उत्पादन गरेर आत्म निभर हुने सपना देख्नु निकै चुनौतिपूर्ण रहेको छ ।
२०७६ को तथ्यांक अनुसार नेपालमा कुल ३० लाख ९१ हजार हेक्टर जमिनमा खेती गरिएको छ । १० लाख ३० हजार हेक्टर कृषि योग्य जमिन बाँझो रहेको छ । यो वर्ष सो बाँजो खेतमा समेत रोपाइँ हुने भएकाले धान उत्पादन बढ्ने अनुमान गरिएको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।