add

युवानेता भण्डारीद्वारा सञ्चारकर्मीलाई स्वास्थयसौन्दर्य सामग्री र सम्मान






ActPro Nepal

|

१५ असार, २०७७

|
1133

धनगढी । हरिपृया-प्रकाश फाउन्डेसनद्वारा काठमाडौं देखि कैलाली विभिन्न जिल्लासम्म मायाको कोसेली दिने क्रममा सुदुरपश्चिम प्रदेशका सञ्चारकर्मीलाई अषाढ १५ को पुर्ब सन्ध्यामा नेपाल पत्रकार महासंघको नवनिर्मित भवनमा स्वास्थ र सौन्दर्य सामाग्री युवानेता क्षितिज भण्डारी मार्फत बितरण गरेको नेपाल पत्रकार महासंघले जनाएको छ।

महासंघका अध्यक्ष जगत साउदको सभापतित्वमा सम्पन्न कार्यक्रममा कोरोनामा ज्यानको जोखिम मोलेर पनि फ्रन्टलाईनमा राज्यको चौथो अङ्गको रूपमा निर्वाध काम गरिरहेका ८ सञ्चारकर्मीलाई पिपिई, फेस सिल्ड, सेनेटाईजर सहित विशेष सम्मान गरिएको नेबिसंघ पुर्ब कावा अध्यक्ष समेत रहेका कांग्रेस महासमिति सदस्य क्षितिज भण्डारीले बताए । 

मायाको कोसेली बितरण कार्यक्रमका संचालक नृप सुनारका अनुसार कान्तिपुर बरिस्ठ सम्वाददाताहरु मोहन बुढाऎर, एनटिभिका भरत शाहले र केटिभीका टेकराज जोशी मार्फत बिशेष स्वास्थय सामग्री सहित सम्मानित हुनेहरुमा महासंघका सभापति जगत साउद, देखापढी अनलाइनका दिपक नेपाल, रातोपाटी का टंक कुवर, सचिब मीन ठकुरी, राजधानीका दिपक ओलि, जनता टिभी का भिम चौधरी, मर्निङ्ग बेल कि रमा भट्टराई रहेका थिए भने अन्य सबैले मायाको कोसेली प्राप्त गरेका थिए ।

हरिपृया फाउन्डेसनले अनुहारमा १०हजार नागरिकको अनुहार मुस्कान ल्याउन स्वास्थय सामाग्री सहित सौन्दर्य सामाग्री र जुस राखेर मायाको कोसेली बितरण गर्दै आएको नृप सुनार बताउछन् ।  सुदुरपश्चिममा कोरोना जोखिममा रहेकाहरुको सम्मानमा सबै विचारधारा आवद्ध सञ्चारकर्मीलाई नेपाली कांग्रेसका युवानेता क्षितिज भण्डारी मार्फत  प्रत्यक्ष रुपमा एक दिने हस्तान्तरण कार्यक्रम  सफल भएको सचिब मीन ठकुरीले बताए । सामाजिक दुरि सहितको स्वास्थ्य र सौन्दर्य सामाग्री बितरण गर्ने कार्यक्रम सबैलाई उपस्थितिको लागि आग्रह गरेको बताउदै अध्यक्ष साउदले उपस्थित सबैलाई आवश्यक मास्क, जुस, फेसवास, तेल र सेनेटाईजर उपलब्ध गराएको बताउँछन ।

नेपाली कांग्रेसको महासमिति सदस्य रहि धनगढीबाट प्रतिनिधि सभामा समानुपातिक सासद उम्मेदवार समेत रहेको स्व.हरिपृया भण्डारीले जिवित रहदा छोटो समय मै साहित्य, रेडक्रस मार्फत सामाजिक सेवा र महिला अधिकारको क्षेत्रमा अनुकरणिय काम गरेको सम्झना गरिएको थियो । दुई दशकसम्म नेपाल महिला संघ कैलालीको सचिब र सभापति हुँदै केन्द्रिय सदस्य रहेकी स्व.भण्डारीले बासुदेवी उच्च माबीको अध्यक्ष र एश्वर्य क्याम्पसको उपाध्यक्ष समेत भएर शिक्षा जगतमा  योगदान दिएकि थिईन । फाउन्डेसनलाई हरेक बर्ष भुकम्प, बाढीपहिरो, टोनार्डोमा लाखौंको सहयोग गर्दै आएको वहाँको छोरी एनआईसी एशिया बैक को क्षेत्रीय कार्यालय कि श्रद्धा भण्डारी( बोगटी)ले बताईन ।

फाउन्डेसनले कुनै आर्थिक संकलन नगरिकन सामाजिक सेवाभावले नेपाली तथा बिदेशी नागरिक, पत्रकार सहित १० हजार अनाथ, असाहय, बिपन्न, दलित अनि बिशेषत: काठमाडौमा अडकिएका सुदुरपश्चिम र कर्णाली प्रदेशका वालवालिकालाई लाखौंको राहत बितरण गरेकोमा महासंघको केन्द्रीय कार्यालयले धन्यवाद दिएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.