add

मौसम पूर्वानुमान : भारी वर्षा र पहिरोको सम्भावना






ActPro Nepal

|

९ असार, २०७७

|
858

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले मनसुन सक्रिय भएसँगै देशका अधिकांश भूभागमा सामान्य, मध्यमदेखि भारी वर्षा हुने जनाएको छ ।

महाशाखाका अनुसार मंगलबार उपत्यका लगायत देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश र प्रदेश नं ५ एक वा दुई स्थानहरुमा भारी वर्षाको संभावना रहेको छ। अहिले विशेषगरी पूर्वी तराई तथा सुदूरपश्चिमका केही स्थानमा वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

आज दिउँसो देशभर सामान्य बदली रही प्रदेश १, प्रदेश २, बागमती, गण्डकी प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेशका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ ।

यस्तै महाशाखाका अनुसार राति देशभर सामान्य बदली रही सबै प्रदेशका अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको संभावना रहेको छ। प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश र प्रदेश नं ५ एक वा दुई स्थानहरुमा भारी वर्षाको संभावना छ।

मध्यम र भारी वर्षा हुने क्षेत्रका नदीमा पानीको बहाव बढ्ने, भू–क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने भएकाले सतर्क रहन महाशाखाले अपिल गरेको छ ।

ईलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, कैलाली, कञ्चनपुर र आसपास मध्यमदेखि भारी बर्षा भईरहेकोले कन्काईलगायत झापा, मोरङ, सुनसरी भई बहने साना नदीमा बहाव बढ्ने, केहिमा आकस्मिक बहाव पनि हुन सक्ने भन्दै बाढी पूर्वानुमान शाखाले सर्तक हुन भनेको छ ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.