add

उपत्यकाका तीन स्थानमा ‘फ्लाई ओभर’ निर्माण हुने






ActPro Nepal

|

९ असार, २०७७

|
777

काठमाडौं । सवारी व्यवस्थापन गर्न काठमाडौँ उपत्यकाका तीन स्थानमा ‘फ्लाई ओभर’ निर्माण हुने भएको छ । व्यवस्थित सहरीकरण तथा ट्राफिक व्यस्थापन गर्न ती फ्लाई ओभर बन्न लागेका हुन् ।

‘फ्लाई ओभर’ निर्माणको सर्वे तथा डिजाइनका लागि परामर्शदाता चयन प्रक्रिया अन्तिम चरणमा रहेकोे सडक विभागले जनाएको छ । विभागका अनुसार साउनभित्र परामर्शदाता कम्पनी चयन भई सम्झौता सम्पन्न हुनेछ ।

चक्रपथको कोटेश्वर–कलङ्की खण्डको एकान्तकुना, ग्वार्को तथा सातदोबाटो र चापागाउँ चोकलाई जोडेर ‘फ्लाई ओभर’ निर्माण गर्न आवश्यक प्रक्रिया अगाडि बढाइएको सडक विभाग, गुणस्तर अनुसन्धान विकास केन्द्रका निर्देशक शिव नेपालले जानकारी दिए ।

चक्रपथमा ‘फ्लाई ओभर’ निर्माणनिम्ति सर्वे तथा डिजाइनका लागि परामर्शदाता चयन गर्न बोलपत्र आह्वान भई छनोट प्रक्रिया अन्तिम चरणमा छ । निर्देशक नेपालले भने, “साउनभित्र परामर्शदाता कम्पनीसँग सम्झौता भइसक्छ ।”

उनका अनुसार सम्झौता भएको छ महिनाभित्र चक्रपथको सो क्षेत्रमा सर्वे र डिजाइनको काम सम्पन्न भई ड्राफ्ट रिपोर्ट प्राप्त भइसक्नेछ । ड्राफ्ट रिपोर्टमा देखिएको कमीकमजोरी सुधार गरी एक महिनाभित्र अन्तिम प्रतिवेदन परामर्शदाता चयनका लागि सडक विभागले गएको फागुनमा बोलपत्र आह्वान गरेको थियो । -गोरखापत्र


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.