add

मौसम पूर्वानुमान: केही स्थानमा भारी वर्षाको सम्भावना






ActPro Nepal

|

४ असार, २०७७

|
908

काठमाडौँ । जल तथा मौसम पूर्वानुमानले सुदूरपश्चिम बाहेकका क्षेत्रमा मनसुनको प्रभाव परेको जनाएको छ ।

महाशाखाका अनुसार अहिले प्रदेश १, प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पूर्ण बदलीको अवस्था छ । यस्तै प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली भएको छ । पूर्वका केही स्थानमा हाल वर्षा भइरहेको छ ।

बिहीबार दिउँसो प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा पूर्ण बदली हुने मौसमविदले बताएका छन् ।

प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का धेरै स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको संभावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक–दुइ स्थानमा ठूलो पानी पर्ने मौसमविदले बताएका छन् ।

राति सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र प्रदेश ५ मा सामान्य बदली रही बाँकी प्रदेशमा पूर्ण बदली हुनेछ ।

प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का धेरै स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा राति पनि मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको संभावना रहेको मौसमविदले जानकारी दिएका छन् ।

प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा राति ठूलो पानी पर्न सक्ने भएकाले सावधानी अपनाउन मौसमविदले सुझाव दिएका छन् ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.