add

ठमेलको दिगो विकासका लागि व्यवसायी र घरधनी मिलेर अगाडि बढ्ने






ActPro Nepal

|

३ असार, २०७७

|
723

काठमाडौं ।  नेपालको प्रमुख पर्यटकीय गन्तव्यका रुपमा रहेको ठमेलको दिगो विकासका लागि ठमेल क्षेत्रका व्यवसायी र घरधनी मिलेर अगाडि बढ्ने भएका छन् ।

विश्वव्यापीरूपमा फैलिँदै गएको कोरोना भाइरसले मुलुकको पर्यटन क्षेत्रमा ठूलो प्रभाव पारेको भन्दै यसको सामनाका लागि एकजुट भएर अगाडि बढ्न लागेका हुन् ।

ठमेल पर्यटन विकास परिषद्ले मंगलबार साँझ प्रेस विज्ञप्ति जारी गरी पर्यटक भए पर्यटन व्यवसाय रहने, व्यवसाय रहे घरधनी रहने र व्यवसायी र घरधनी रहे ठमेल रहने भएकाले सबै मिलेर वर्तमान समस्याको समाधान गर्नुपर्ने बताएको छ ।

ठमेलले हिजोका दिनमा सरकारलाई राजश्व, विदेशी मुद्रा र रोजगारी सिर्जना गर्न महत्वपूर्ण भूमिका खेलेको बताउँदै आजको दिनमा ठमेलको पर्यटन क्षेत्र बचाउन सरकारले विशेष कार्यक्रम ल्याउनुपर्ने बताएको छ । परिषद्ले कोभिड–१९ का कारण व्यवसायी ठूलो मर्कामा परेको भन्दै न्यूनतम व्याजदरमा सहुलियत ऋण, विद्युत् सेवा शुल्क, इन्टरनेट सेवा शुल्क एक वर्षसम्म मिनाह गर्न माग गरेको छ ।

परिषद्का उपाध्यक्ष भविश्वर शर्माले ठमेल क्षेत्रको पर्यटन जोगाउनका लागि घरधनी, व्यवसायी एकजुट भएर अगाडि बढ्नुपर्ने बताए। घरधनीले घरभाडाका सम्बन्धमा व्यवसायीलाई दिनुपर्ने सहुलियतको विषयमा समेत परिषद्ले व्यवसायीसँग छलफल चलाउँदै आएको उनको भनाइ छ -रासस 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.