काठमाडौं । काठमाडौं उपत्यका लगायत अन्य जिल्ला भित्रका लागि जारी गरिएको पासहरु मंगलबारदेखि रद्द भएका छन्।
काठमाडौं उपत्यकाबाट बाहिर वा अन्य जिल्लाबाट काठमाडौं आउनको लागि जारी गरिएका पासहरु (छोटो अवधिका) भने यथावत रहेको गृह मन्त्रालयले जानकारी दिएको छ।
त्यस्तै, जोर बिजोर प्रणालीको पूर्ण पालना गर्नुपर्ने पनि गृहको भनाई छ।
प्रेस तथा अत्यावश्यक सेवाका सवारी साधनलाई भने जोर बिजोर प्रणाली लागू हुने छैन ।
मोटरसाइकलमा पनि जोर बिजोर प्रणाली लागू हुने ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । त्यस्तै मोटरसाइमलमा एक जना र चारपाङ्ग्रे सवारी साधनमा चालक सहित तीन जना मात्र चढ्न पाउने छन् ।
बिरामी बोकेका र आपतकालीन अवस्थाका सवारी साधनलाई डिउटीमा खटिएका प्रहरीले अवस्था हेरेर निर्णय गर्ने महाशाखाको भनाइ छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।