add

भोकालाई नि:शुल्क भरपेट खाना, विपन्न भन्छन्, तपाईहरुको सहयोगले ‘भोकै मरिदैन'






ActPro Nepal

|

१ असार, २०७७

|
1052

काठमाडौं ।  लक डाउनले एकातिर दैनिक हुने कमाईको बाटो बन्द । अर्कातिर खाद्यान्नको अभाव ।

यस्तो अवस्थामा धेरै विपन्न नागरिक भोकभोकै परिरहेका बेला काठमाडौंमा सहयोगि 100 ग्रुपले  भने नि:शुल्क खाना खुवाउने अभियानलाई निरन्तरता दिई रहेका छन् । 

लक डाउनका कारण दैनिक छाक टार्न नसक्ने, सडकमा अलपत्र पर्नेहरुका लागि निशुल्क खानाको व्यवस्था गरिरहेको हो ।

कोही पनि भोको नरहोस् भन्ने मान्यता राखेर काठमाडौंको विभिन्न ठाउँमा नि:शुल्क खानाको प्रवन्ध गरिएको अभियानकर्मी अंशु यादव बताउँछन् ।

ठाँउ ठाँउमा खाना खुवाउने अभियानपछि विपन्न नागरिकको सहभागिता पनि बढ्दै गएको यादवले बताए । ‘लक डाउनका कारण दैनिक ज्याला मजदुरी गर्ने मजदुर, असहाय तथा बिपन्न परिवारको समस्यालाई आत्मसात गर्दै निशुल्क खाना खुवाउने अभियान सञ्चालन गरिएको हो ।

भात, दाल  लगायतका परिकारसँग पेटभरि निशुल्क खाना खान पाएपछि दैनिक मजदुरी गरि गुजारा चलाउँदै आएका सडकमा नै दिन बिताउनेहरु पनि दङ्ग छन् ।

घरमा नै पकाएको खान सवारी साधनमा राखेर ठाँउ ठाँउमा  आलोपालो गर्दै खाना खुवाउने गरिएको छ । सोमबारको कार्यक्रममा बाल कलाकार अनुभव रेग्मी, लिटिल मिस नेपाल तथा बाल कलाकार याङ्सु श्रेष्ठ,कलाकार कविता रेग्मी कल्पना आचार्य मिसेस नेपाल सन् २०१८ र नेपाल ब्युटिसियन, संघको राष्ट्रिय उपाध्यक्ष शोभा थापा, सामाजिक अभियान्त ओम् श्रेष्ठ,  सामाजिक अभियान्त  महेशजंग  कुंवर, सञ्चारकर्मी कबिता खाती कबु र दिपक घिमिरेको  लगायतको सहभागिता रहेको थियो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.