add

नेपालको नक्सा विरुद्ध सडकमा प्रदर्शन, एउटै नाराले उजागर गरेको दिल्लीको त्यो ग्य्राण्डडिजाइन !






ActPro Nepal

|

३२ जेठ, २०७७

|
800

काठमाडौं । कोरोना संक्रमितको संख्या बढदै जाँदा नेपालमा युवाहरुको नाममा दिनदिनै सडकमा प्रदर्शन भइरहेको छ । सरकारले नेपाली भूमि रक्षाका लागि दर्ता गरेको संबिधान संशोधन बिद्येयक संसदबाट अघि बढेपछि सुरुवात भएको युवाहरुको नामको तथाकथित आन्दोलन बिद्येयक पारित भपपछि पनि जारी नै छ ।

आन्दोलनमा पिसिआर खारेज गर, कोरोना खारेज गर भन्नेदेखि भारतीय सत्ताको रक्षार्थ प्लेकार्डमा नाराले दिएको छ । नेपाली समाजले पचाउनै नसक्ने नारादेखि देशकैबिरुद्धमा समेत नारा लेखिएका छन । यो आन्दोलनमा बिदेसीको समेत संलग्नता रहेको तथ्य बाहिर आइसकेको छ । यही आन्दोलनमा थुप्रै प्लेकार्ड कालापानी, लिपुलेक र लिम्पयाधुरा नेपालको होइन, भारतकै हो भन्दै खुलेयाम देशबिरोधी काम गरिरहेकी सांसद सरिता गिरीको पक्षमा पनि छ । आन्दोलनमा लागेका युवाले प्लेकार्डमा लेखेका छन, ‘सरिता गिरी : अइ लभ यू ।’

सरिता गिरी त्यस्तो पात्र हुनुहुन्छ, जो नेपालको होइन, भारतको हितबिरुद्ध जानु आत्महत्या भन्ने निश्कर्ष सुनाइ सक्नु भएको छ । आन्दोलनमा उहाँको पक्षमा देखिएको यो प्लेकार्ड र भारतीय मिडियाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ताच्यूत गर्न भारतले चाहिरहेको भन्ने समाचार एकैपटक आइरहेका छन । अर्थात आन्दोलनमा ‘सरिता गिरी : आइ लभ यू’ भन्ने नारा सोची बिचारी दिल्लीबाट प्राप्त भएको छ ।

नेपालको नक्साअनुसारको संबिधान संशोधनबिरुद्धको सूचना र मतदानमा सहभागी नभई गिरीले आफू नेपालको बिरुद्धमा लागेको घोषणा नै गरिसक्नु भएको छ । यी सव घटनाक्रम चलिरहेको बेला सरिता गिरी आइलभ यू भन्नुको अर्थ नबुझ्ने कोही नेपाली छैनन । यो नाराले युवाहरुको नाममा लैनचौरले ठुलै रकम खर्च गरेर सरकारको बिरुद्ध भडकाउने र कोरोना नियन्त्रण भन्दा बाहिर पुर्याउने दुषित योजना सहजै बुुझ्न सकिन्छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.